मणी प्रसादअर्याल
साउन १४, स्याङ्जा । वालिङ नगरपालिकाले पशुपालक किसानहरुलाई झण्डै सवा सात लाख अनुदान प्रदान गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को गाईभैंसी प्रवद्र्धन शिर्षक अन्तर्गत किसानहरुलाई प्रतिलिटर रु. १० का दरले झण्डै सवा सात लाख अनुदान आइतबार प्रदान गरेको हो ।
एक सानाकिसान कृषि सहकारी सहित ४० जना किसानहरुले ७ लाख १६ हजार ९ सय २ रुपैयाँ अनुदानप्राप्त गरेका हुन् । वालिङ ८ स्थित अकला नमूना कृषि साना किसान सहकारीले १ लाख७४ हजार अनुदानप्राप्त गरेको छ ।
यसैगरी सबैभन्दा बढि वालिङ १३ गाहखोलाका छविलाल गैह«ेले ४४ हजार २ सय २५ रुपैयाँ अनुदान प्राप्त गर्नुभएको छ । कम पाउनेमा वालिङ १ कि देवि रेग्मी हुनुहुन्छ । रेग्मीले २ हजार ३ सय ५२ रुपैया ँपाउनु भएको छ ।
अनुदान रकमको चेक हस्तान्तरण गर्दै वालिङ नगर प्रमुख कृष्ण खाँणले सीमित श्रोत र साधनका वावजुद पनि किसानहरुका असिमित आवश्यकतामा सहयोग पुगोस भनेर लागेको बताउनुभयो । नगरपालिकाको बारेमा नगरबासीहरु स्वयम् जानकार भएको उल्लेख गर्दै नगर प्रमुख खाँणले अभिभावकीय भूमिकामा नगरपालिका छ भन्ने आभास दिलाउनेगरी काम गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
नेपाललाई कृषिप्रधान देश भनिन्छ, व्यवहारमा हेर्ने हो भने सबैभन्दा पिछडिएको र हेला र नजरअन्दाजमा कृषि क्षेत्र नै परेको छ । कृषि मुख्य हो, तसर्थ सुखीनगरवासी र समृद्ध वालिङको नारालाई सार्थक पार्नेमध्ये कृषिपनि एक महत्वपूर्ण रहेको नगर प्रमुखखाँणले औंल्याउनुभयो ।
हामीले कृषकलाई आयआयर्जनमा जोड्न र समृद्ध गर्न सकेनौं भने हाम्राउद्देश्य पूरा नहुने उहाँले व्यक्त गर्नुभयो । सबैको सुझाव लिएर अन्य क्षेत्रमध्ये महत्वपूर्ण ठानेर कृषिलाई माथि उठाउनुपर्छ भन्ने मान्यता र प्रतिवद्धताकासाथ अगाडि बढेको उहाँले स्पष्ट पार्नुभयो ।
यसैगरी नगर उप प्रमुख कविता तिवारी गैह«ेले बाटो घाटो, शिक्षा स्वास्थ्यसँगै मानव संसाधनको पनिविकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मानव संसाधनको विकासलाई मुख्य पठानेर कृषिमा अनुदानका कार्यक्रमअगाडि सारेको उल्लेख गर्नुभयो । यो वर्ष दुधमा अनुदानसँगै एउटागाई खरिदकालागि भनेर रु. ५० हजार अनुदान सहयोग गर्ने कार्यक्रम लागु गरिसकेको भन्दै उप प्रमुख गैह«ेले वालिङले देशमै नमूना कार्यको थालनी गरेको व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “कृषकहरुको उत्थानकालागि दुईदेखि पाँचवटासम्म गाई पाल्नेलाई एउटागाई खरिद वापत रु.५० हजार अनुदानदिने कार्यक्रमलागु गरेका हौं । योसँगै देशमै नमूना कार्यको थालनी वालिङमा भएको हो ।” वालिङ नगरपालिकामा कृषकहरुको उत्थानकालागि यो पहिलो र उत्कृष्टकार्य भएको उहाँको भनाई छ ।