Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ नगरपालिकाको १३ औँ नगरसभा सम्पन्न
    वालिङ् नगरपालिका

    वालिङ नगरपालिकाको १३ औँ नगरसभा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshJanuary 25, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ माघ । वालिङ नगरपालिकाले १३ औँ नगरसभा गरेको छ । नगरपालिकाले १३ औँ नगरसभा आज सम्पन्न गरेको हो ।

    नगरसभाले दुईवटा ऐन पारित गरेको छ । नगरसभामा सभाध्यक्ष तथा नगरप्रमुख कृष्ण खाँणले पेश गर्नुभएको दुईवटा ऐनहरु नगरसभाको बहुमतले पारित भएको हो । वालिङ नगरपालिकाको साझेदारी कार्यक्रम तथा व्यवस्थापन ऐन,२०७९ र वलिङ नगरपालिकाको निजी साझेदारी ऐन,२०७५(संशोधन प्रस्ताव) नगरसभामा बहुमतका साथ पारित भएको हो । नगरसभामा विषयगत उपसमिति संयोजकहरुको प्रतिवेदन प्रस्तुत भएको थियो ।

    सभामा नगर उपप्रमुख कविता तिवारी गैह«ेले आ.व.२०७९÷८० को स्वीकृत आय व्ययको संशोधित विवरण पेश गर्दै हालसम्म विनियोजित बजेटको २३.९५ प्रतिशत बजेट खर्च भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपप्रमुख गैह«ेले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सबैभन्दा कम आर्थिक क्षेत्रमा बजेट खर्च भएको छ । चालु आ.व.मा आर्थिक विकासको लागि विनियोजन गरिएको १० करोड ४१ लाख ६० हजार मध्ये ५.१५ प्रतिशतमात्र बजेट खर्च भएको प्रतिवेदन प्रस्तुत भएको छ ।

    सभामा प्रस्तुत प्रतिवेदन अनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा सबैभन्दा धेरै रकम खर्च भएको छ । चालु आ.व.मा १२ करोड ४७ लाख ५८ हजार बेट कार्यालय सञ्चालनको लागि विनियोजन गरिएकामा पौष मसान्तसम्म ३५.१ प्रतिशत खर्च भएको छ । त्यसै गरी सामाजिक विकासमा ३१.५६ प्रतिशत, पूर्वाधार विकासमा १५.०७ प्रतिशत र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा २२.६६ प्रतिशत बजेट खर्च भएको प्रतिवेदन नगर उपप्रमुख कविता तिवारी गैह«ेले प्रस्तुत गर्नुभएको छ । नगर उपप्रमुख गैह«ेले सशर्त अनुदानमा वालिङका विभिन्न आयोजनाहरुको रकम घटेर कायम भएको उल्लेख गर्नुभयो ।

    वालिङ नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालित ९ वटा आयोजनाहरुको लागि विनियोजन भएको २ करोड १५ लाख मध्ये रकम घटेर ७१ लाख ६१ हजार मात्र कायम भएको बताउनुभयो ।

    सभामा न्यायिक समिति, लेखा समिति, सुशासन समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति,वातावरण तथा विपद् व्यवस्थापन समिति लगायतका समितिका संयोजकहरुले आ–आफ्नो प्रतिवेदन पेश गरिएका थिए । सभामा पेश गरिएका प्रतिवेदनहरुमा आर्थिक विकासका योजनाहरु, समाजिक विकासमा भएका प्रगति,शैक्षिक गुणस्तर वृद्धिका लागि तय गरिएका योजनाहरु, न्यायिक निरुपण तथा फछ्र्यौट गरिएका न्यायिक मामिला लगायतका विषयमा छलफल भएको थियो ।


    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.