स्याङ्जा, ११ माघ । वालिङ नगरपालिकाका व्यवशायीक रुपमा च्याउ खेती गर्दै आईरहेका कृषकहरुलाई च्याउको बिउ बितरण गरिएको छ । नगरपालिका भित्रका १४ वटै वडाका अगुवा तथा व्यवशायीक च्याउ खेती गर्ने कृषकहरुलाई सीताके र पराले च्याउको बिउ बितरण गरिएको हो ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत च्याउको बिउ बितरण गरिएको हो । नगर भित्रका ५० जना कृषकहरुलाई च्याउको बिउ बितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारी गैह्रेले जानकारी दिनुभयो । े
वालिङ नगरपालिका परिसरमा स्थापना गरिएको उद्यमशीलता, व्यवशाय प्रवर्धन तथा नवप्रवर्तन केन्द्र ईबिकले कृषक तथा उद्यमीहरुसँग सहजिकरण समेत गर्दै आएको छ । ईबिक सेन्टर कै सहजीकरणमा च्याउको बिउ बितरण गरिएको परियोजनाले जनाएको छ ।
Friday, November 22
Trending
- अर्जुनचौपारीद्धारा महिला क्रिकेट खेलाडीलाई नगद सहित सम्मान
- पुतलीबजार नगरपालिका १ कार्यालयद्धारा क्रिकेट खेलाडीलाई सम्मान
- पुतलीबजार नगरपालिकाले आउदो नगरसभामा क्रिकेट महिला खेलाडीलाई सम्मान गर्ने
- रोशनी माविद्धारा ४ खेलाडी रअध्यक्ष सहितलाई सम्मान
- खुमा अर्याल फाउण्डेसनद्धारा जनही एक लाख नगद सहित खेलाडी सम्मान र स्वास्थ्य शिविर
- ‘नेपाली काँग्रेसकोे सय दिने बिशेष अभियान स्याङ्जामा सुरु’
- खुमा फाउण्डेशनले महिला क्रिकेटरलाई सम्मान गर्ने
- विश्वकप खेल्ने यु १९ का स्याङ्जाका खेलाडीलाई अर्जुनचौपारीले सम्मान गर्ने