Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ गोल्ड कपको उपाधी आयोजक निलोलाई
    खेलकुद

    वालिङ गोल्ड कपको उपाधी आयोजक निलोलाई

    Syangja SandeshBy Syangja SandeshJanuary 21, 2023Updated:January 21, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ माघ । वालिङमा सञ्चालित प्रथम वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिताको उपाधी आयोजक निलोले जितेको छ । वालिङ युनाईटेड क्लब, स्याङ्जाको आयोजनामा साताब्यापी प्रतियोगिता संचालन गरिएको हो ।

    पुस ३० गतेदेखि सुरु भएको जिल्लाकैे ठूलो धनराशी सहितको प्रतियोगिता आयोजक निलोले पाहुना टीम एभिनिर फुटवल क्लव क्यामरुनलाई ३ का विरुद्ध ४ गोल गर्दै उपाधी जितेको हो।

    उपाधी जीतका लागि दुवै टीम कडा प्रतिस्पर्धाका साथ खेलेका थिए । निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइबेकरमा आयोजक निलोका क्याप्टेन लक्ष्मण रुचालको प्रहार बाहिरिए पनि स्ट्राइकर सुवास गुरुङ, विश्वास श्रेष्ठ, टीकराज गुरुङ र विशु थापाले गोल गर्न सफल हुँदा उपाधी जित्नका लागि पर्याप्त भयो ।

    यसैगरी एभिनिरका लागि एमबोमी जीन, एनगुइम्स स्टेफने र विले फ्राङ्क गोल गर्न सफल भए । गुइनी म्यारी डेनिल र एव्डव रमानीको प्रहारलाई आयोजक निलोका गोलकिपर राजाबाबुले गोल हुनबाट कुशलापूर्वक बचाएका थिए ।
    जीतसँगै आयोजक निलोले ५ लाख र उपविजेता बनेको एभिनिर फुटवल क्लव क्यामरुनले २ लाख ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    फाइनल खेलको पुरस्कार वितरण गर्दै वालिङ नगर प्रमुख कृष्ण खाँणले खेलले मनोरञ्जनका साथै मुलुकका लागि सक्षम र दक्ष नागरिक उत्पादनमा भूमिका खेल्ने बताउनुभयो । उहाँले विभिन्न संघ संस्था र व्यक्तिहरुको जग्गालाई अस्थायी रुपमा समेटेर खेलमैदानको स्तरोन्नती गरेको उल्लेख गर्दै आगामी ५ वर्षसम्म वालिङ खेलमैदानलाई रङ्गशालाको रुपमा विकास गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

    प्रतियोगितामा विभिन्न विधामा सहभागी टीम तथा खेलाडीहरुसमेत पुरस्कृत भएका छन् । खेल अवधि भरको लिस्नु फुटवल क्लब रुपन्देही अनुशासित टिमबाट पुरस्कृत भयो ।
    यसैगरी खेल अवधिभरको उत्कृष्ट खेलाडी आयोजक निलोका विश्वास श्रेष्ठ र सर्वाधिक गोलकर्ता अफ्रिकन खेलाडी टिम्बा टिम्बा बने ।
    नवप्रतिभा युवा खेलाडी आयोजक रातोका रुपेश हमाल, उत्कृष्ट डिफेन्डर आयोजककै आशिष गुरुङ र उत्कृष्ट मिड फिल्डकर कमल थापा घोषित भए ।
    उत्कृष्ट कोच दिलिप थापा र फरवार्डमा टिकाराज गुरुङ पुरस्कृत भए । त्यस्तै फाईनल खेलको उत्कृष्ट खेलाडी आयोजक निलोका गोलकिपर राजाबाबु थापा घोषित भए ।

    पहिलो वालिङ गोल्ड कपमा आयोजकबाट दुईसहित ८ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा विभागीय क्लव नेपाल आर्मी, एपि एफ क्लव काठमाडौं, लिस्नु फुटवल क्लव कोटिहवा रुपन्देही, साहरा फुटवल क्लव पोखरा, एभिनिर फुटवल क्लव क्यामरुन र भरतपुर फुटवल क्लव चितवन तथा आयोजक निलो र रातो गरी ८ टीम सहभागी भएका रहेको प्रतियोगिता आयोजक वालिङ युनाईटेड क्लबका अध्यक्ष एलवी ज्वारचनले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.