स्याङ्जा, १० असोज । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको निर्वाचनमा वालिङ नगरपालिकाको सभापतिको पदमा नेत्रप्रसाद पाण्डेको विजयी हुनु भएको छ । उहाँले २४९ मत ल्याउनु भएको छ भने अर्का उम्मेद्वार भुपराज बगालेले १९० मत प्राप्त गर्नुभएको छ ।
कुल ४४७ जना मतदाता रहेको वालिङमा जम्मा ४४४ मत खसेको थियो । निर्धारित मिति भदौ –९ गते सहमति हुन नसकेपछि आज दुवै प्यानल चुनावी मैदानमा उत्रिएका थिए ।
उपसभापतिमा पदमराज गुरुङ र सीता थापा निर्वाचित हुनु भएको छ । त्यस्तै सचिवमा राजु तिवारी, सागर कुंवर विजय भएका छन । सहसचिवमा कृष्ण प्रसाद पङगेनी र डोलराज पङगेनी निर्वाचित भएका छन् ।
त्यस्तै सदस्य पदहरुमा यज्ञप्रसाद अधिकारी, शिव पङगेनी, लेखनाथ गैह्रे, केशवराज काफ्ले, विशाल पंगेनी, रेशमलाल कोईराला र कृष्णप्रसाद डुम्रे निर्वाचित हुनु भएको छ ।