स्याङ्जा १९ भदौ । वालिङ उद्योग वाणिज्य संघको १६ औं साधारण सभा एवं ८ औं अधिवेशन स्थगीत भएको छ । संघकोे साधारण सभा एवं अधिवेशन अन्तिम समयमा आएर स्थगीत भएको हो ।
नयाँ नेतृत्वका लागी सहमति हुँन नसक्दा साधारण सभा तथा अधिवेसन अगाडि बढ्न नसकेको हो । न्यायिक समिति संयोजक तथा उपप्रमुख कविता तिवारीले अधिवेशन रोक्न वालिङ उद्योग वाणिज्य संघलाई पत्र पठाउनुभएको थियो ।
उक्त पत्रमा संघका वरिष्ठ उपाध्यक्ष, महासविच, सविच, सहकोषाध्यक्ष सहित ११ सदस्यहरुको संयुक्त उजुरी परेकाले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार उहाँहरुको विवाद समाधान भएसम्मका लागी साधारण सभा तथा अधिवेसन रोक्न आग्रह गरिएको छ । यसअघिका ४ वर्ष अगाडि गरेका सहमति कार्यान्वयन नगरी अधिवेसन गर्न खोजिएको भन्दै बाध्य भएर नगरपालिका न्यायिक समितिमा उजुरी दिनु परेको संघका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद पौडेलले बताउनुभयो ।
संघको हालको अध्यक्षमा एमालेका अध्यक्ष, कांगे्रसका वरिष्ठ उपाध्यक्ष, एमालेका उपाध्यक्ष, कांगे्रसका महासचिव रहनुभएको छ । अन्तिम समयमा आएर अधिवेशन स्थगित गर्नु परेकोमा दुख लागेको संघका अध्यक्ष शोभाकान्त पौडेलले जनाउनुभयो ।