स्याङ्जा ९ चैत । वालिङ बहुमुखी क्याम्पसमा बिहीवार सम्पन्न तेह्रो अधिवेशनले उदय श्रेष्ठको अध्यक्षतामा एघार सदस्यीय संचालक समिति निर्वाचित गरेको छ ।
अन्य सदस्यहरुमा सदस्यहरुमा आनन्दप्रसाद पाठक, केदार काफ्ले, दिलिपकुमार बगाले, नेत्रप्रसाद पाण्डे, पदमप्रसाद पाण्डे, पुण्यप्रसाद अर्याल, भोजराज गुरुङ, रुक्मागत पौडेल, सुरेशप्रसाद गैह्रे, हेमप्रसाद गैह्रे निर्वाचित भएको निर्वाचन समितिका संयोजक तेजराज शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार अध्यक्षमा एकजना सहित सदस्यमा ११ जनाले उम्मेदवारी परेको थियो । पछि, दावी विरोध र फिर्ता लिने समयमा एक जनाले आफनो उम्मेदवारी फिर्ता लिएसंगै संञ्चालन समिति निर्विरोध निर्वाचित भएको हो ।
यसैगरी, लेखा सुपरिवेक्षण तथा नियन्त्रण समितिको संयोजकमा अर्जुनप्रसाद खनाल निर्वाचित हुनुभएको छ । क्याम्पस सञ्चालक समितिका एक अध्यक्ष सहित १० सदस्य र लेखा सुपरिवेक्षण तथा नियन्त्रण समिति संयोजक रहने ब्यवस्था छ ।