Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ्मा रेबिज सप्ताह–२०७९ सुरु
    वालिङ् नगरपालिका

    वालिङ्मा रेबिज सप्ताह–२०७९ सुरु

    Syangja SandeshBy Syangja SandeshSeptember 23, 2022Updated:September 23, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ असोज । विश्व रेबिज दिवसको अवसरमा वालिङ्मा बिहीवारदेखि रेबिज सप्ताह–२०७९ सुरु भएको छ ।


    प्रत्येक वर्ष सेप्टेम्बर २८ तारिख मनाईने रेविज दिवस ‘एक स्वास्थ्यको अवलम्वन, रेबिजबाट शुन्य निधन’ भन्ने नाराका साथ रेबिज सप्ताह–२०७९ मनाउन शुरु भएको हो ।


    यसअघि पशुचौपायमा रेबिज देखिए पछि सतर्कता अपनाउदै आएको वालिङ नगपालिकाले कुकुरमा रेबिज बिरुद्ध खोप लगाउने अभियान शुरु गरेको छ ।


    गएको बर्ष बाख्रा र बाच्छो रेबिजका कारण मरेका थिए भने अन्य ८ पशुमा समेत यसको लक्षण देखिएको थियो । रेबिजको संका लागे पछि परिक्षण गर्दा दुई पशुमा रेबिज पुष्टी भएको पशुविकास अधिकृत डाक्टर बसन्त अधिकारीले जानकारी दिनुभयो ।


    वालिङ नगरपालिकाले चालु आर्थिक बर्षमा समुदायमा रहेका छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण गर्ने कार्यक्रम समेत बनाएको डाक्टर अधिकारीले जानकारी दिनुभयो ।


    सप्ताहव्यापी रुपमा निशुल्क रेबिज बिरुद्धको खोप कार्यक्रम लगाउनु शुरु गरेको वालिङले बिद्यालय स्तरमा समेत जनचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ ।


    दिवसको अवसर पारेर वालिङ ८ का अध्यक्ष दामोदर तिवारी, आर्थिक विकास समितिका संयोजक सीता बिक, कार्यपालिका सदस्य युगमाया पंगेनी, लेखा अधिकृत ज्ञानप्रसाद अर्याल, पशुविकास अधिकृत डाक्टर बसन्त अधिकारी, कृषि शाखा प्रमुख शुभाष अर्याल लगायतले आ आफना धारणा सहित रेविजबाट बच्न र बचाउने उपायका बारेमा सचेतना बढाउनु पर्नेमा जोड दिनुभयो ।


    रेबिज लागेको कुकुरको शरीरमा लाइसा भाइरस हुन्छ । यो रोग लागेको मानिसको उपचारपछि पनि निको हँुदैन तर कुकुरले टोक्ने बित्तिकै रेबिजविरुद्धको खोप लगाएमा भने रेबिज लाग्दैन ।

    यो भाइरस कुकुरले मानिसलाई टोकेमा मानिसको शरीरमा प्रवेश गर्छ र प्रवेश गरेको एक महिनादेखि एक वर्षभित्र शरीरमा फैलिएर रेबिजका लक्षणहरु देखिन थाल्छन् । रेबिज लागेका मानिसहरुमा अँध्यारोमा बस्न रुचाउने, पानीदेखि डराउने, श्वास–प्रश्वासमा समस्या हुने र अस्वभाविक गतिविधि गर्ने जस्ता लक्षण देखिन्छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.