Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा लोकसेवा आयोगको निशुल्क तयारी कक्षा सुरु
    वालिङ् नगरपालिका

    वालिङमा लोकसेवा आयोगको निशुल्क तयारी कक्षा सुरु

    Syangja SandeshBy Syangja SandeshFebruary 6, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २२ माघ । वालिङ नगरपालिकाले लोकसेवा आयोगका तयारी कक्षा सुरु गरेको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउने उद्देश्यले नगरपालिकाले तीन महिने तयारी कक्षा सुरु गरेको हो ।

    मानव संशोधनको विकास नगरी पालिका समृद्ध बन्न नसक्ने भन्दै लोकसेवाको तयारी कक्षा सञ्चालन गरेको नगर उपप्रमुख कविता तिवारी गैह्रेले बताउनुभयो । पढेका युवा बेरोजगार हुँदा पढेर मात्रै के गर्ने भन्ने बुझाई युवामा आउन थालेको भन्दै उपप्रमुख तिवारीले सरकारी सेवामा प्रवेशका लागि सहयोगी बन्न कक्षा सञ्चालन गरेको बताउनुभयो ।

    आउने दिनमा बैङ्किङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा प्रवेश गर्न चाहनेहरूका लागि पनि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू सञ्चालन गर्ने तयारी भइरहेको उपप्रमुख तिवारीको भनाइ छ ।

    लोकसेवा आयोगले लिने नायव सुब्बा र खरिदारको तयारी कक्षा पालिकाले सञ्चालन गरेको हो । तयारी कक्षाको लागि विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको लोकसेवा तयारी कक्षा सञ्चालन कार्यक्रमका संयोजक माधवप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

    न्यौपानेका अनुसार दुई सय जना विद्यार्थीले कक्षा लिनका लागि आवेदन दिएकोमा पहिलो चरणमा झण्डै एक सय जना विद्यार्थी तयारी कक्षामा सहभागी छन् । अन्य विद्यार्थीहरूका लागि पनि समय मिलाएर सञ्चालन गर्ने तयारी भइरहेको न्यौपानेको भनाइ छ ।

    काठमाडौँ, पोखरा तथा वालिङका अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण दिइने भएको छ । सैद्धान्तिक र प्रयोगात्मक विधिद्वारा कक्षा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो । निजामती तथा अन्य सेवामा स्याङ्जाको महत्त्वपूर्ण पहिचान छ ।

    पालिकाले विगतका वर्षमा चलाएको निःशुल्क कक्षाको प्रभावकारिता राम्रो भएकाले यस पटक निःशुल्क तयारी कक्षालाई निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । कक्षामा विद्यार्थीलाई कसरी तयारी गर्ने, कसरी परीक्षा दिने, कुन कुन विषय वस्तु पढ्ने जस्ता विषयमा समेत प्रशिक्षण दिइने कार्यक्रम संयोजक न्यौपानेले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.