स्याङजा २६ बैशाख । वालिङमा रातो च्याउ उत्पादन सम्बन्धी तालिम भएको छ । रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था वालिङ ६ मिर्दिको आयोजना र भैरव च्याउ उद्योग तानसेन पाल्पाको प्राविधिक सहयोगमा व्यवसायिक सिपमुलक तालिम दिईएको हो ।
तालिमको उद्दघाटन गर्दै नगरप्रमुख कृष्ण खाँणले भाषण भन्दा काममा विश्वास गर्नुपर्ने भन्दै अब काम गर्ने तौरतरिका परिर्वतन गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले पारदर्शिताका लागी कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गरेको भन्दै हरेक संस्था पारदर्शि हुनुपर्ने भन्दै यस क्षेत्रमा रिद्धिसिद्धि सहकारीले पु¥याएको योगदान निकै सकरात्मक रहेको बताउनुभयो ।
सहकारीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केहि दिनमै सहकारीहरुसंग छलफल गरी कार्ययोजना बनाएर सहकारीलाई उत्पादनमुलक कार्यमा लाग्न अभिप्रेरित गरिने बताउनुभयो ।
नागरिकको समृद्धिका लागी शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा काम गर्नुपर्ने भन्दै रोजगारीका लागी कृषिको संभावनालाई उजागर गर्नुपर्ने नगरप्रमुख खांणले बताउनुभयो । कार्यक्रममा सहकारीका अध्यक्ष मुक्तिप्रसाद पाण्डेले सहकारीले आफ्ना सदस्यहरुलाई आयआर्जनसंग जोड्नका लागी सिपमुलक तालिमको आयोजना गरिएको भन्दै सहकारीले ३६० दिन सेवा प्रवाह गरिहेको बताउनुभयो ।
सहकारीले आसह्य बालबालिकाका लागी शैक्षिक सामाग्री, विभिन्न सहयोग तथा सम्मान कार्यक्रम लगायतका कार्यहरु गर्दै आएको बताउनुभयो । भैरव च्याउ उद्योगका संचालक केशबबहादुर कार्की, सागर तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो ।
सहकारी संस्थाका अध्यक्ष मुक्तिप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नेत्रप्रसाद पाण्डेले स्वागत र सदस्य शान्ता थापाले संचालन गर्नुभएको थियो ।