स्याङ्जा ७ चैत । वालिङमा भू—उपयोग तथा योजना तर्जुमा सम्बन्धी कार्यशाला सोमबारदेखि सुरु भएको छ ।वालिङ नगरपालिका युएनडिपी नेपालको प्राविधिक सहयोगमा गोष्ठीको आयोजना गरेको हो ।
वालिङ नगरपालिकाको एकिकृत र समावेशी जोखिम संवेदनशील भू—उपयोग योजन नियमावली तथा भवन मापदण्ड कार्यान्वयन एवम् योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सञ्चालन गरिएको हो ।
नगरपालिकाले यसअघि आवासीय, कृषि, जोखिम तथा संवेदनशील, सडक क्षेत्र लगायत जग्गाको वर्गीकरण गरेको थियो ।
जग्गाको वर्गीकरणको काम सम्पन्न गरेपछि जानकारी गराउने र सोहि अनुसार उपयोग गर्ने सम्बन्धमा अन्तरक्रिया सहितको गोष्ठी सञ्चालन गरिएको हो ।
गोष्ठी वालिङ नगरपालिकाको प्रमुख कृष्ण खाँणको अध्यक्षतामा भएको थियो । उप–प्रमुख कबिता तिवारी, वडाअध्यक्ष, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधितथा संघ संस्थाका प्रतिनिधि, कर्मचारी सहभागि छन् ।
कृषि क्षेत्र र आवासीय जग्गाको मूल्याङ्नमा समानता हुन नसक्दा नागरिकहरु समस्यामा परेको धारणा सहभागीहरुले राखेका छन् । कृषि क्षेत्र र आवासीय जग्गाको समान मूल्याङ्न हुनआवस्यक छ, यसमा जग्गावर्गीकरणमा राज्यको नीतिगत समस्या भएको पनि वक्ताहरुको गुनासो छ ।