Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 13
    Trending
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    • चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
    • कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा पुरुष र महिला भलिबल प्रतियोगिता शुरु
    खेलकुद

    वालिङमा पुरुष र महिला भलिबल प्रतियोगिता शुरु

    Syangja SandeshBy Syangja SandeshOctober 26, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ कात्तिक । वालिङ भलिबल क्लबको आयोजनामा आजदेखि वालिङ खेलमैदानमा पुरुष र महिला भलिबल प्रतियोगिता शुरु भएको छ ।

    भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका यूवा तथा खेलकूद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले खेल क्षेत्रको विकाससँगै खेलाडीको क्षमता अभिवृद्धि गर्नतर्फ ध्यान केन्द्रीत भएको बताउनुभएको छ । उहाँले खेलको गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेश सांसद एवं नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका सचेतक भागवतप्रकाश मल्ल, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण, गण्डकी प्रदेश खेलकूद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, नेपाली काँग्रेस क्षेत्र नं. २ प्रदेश क का सभापति अर्जुनप्रकाश अर्याल, खेलकूद विकास समिति स्याङ्जाका अध्यक्ष मोहन गुरुङ, आयोजक क्लबका आजीवन सदस्य मोहन गुरुङ, सुनिल खड्का लगायतले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

    क्लबको दोस्रो वार्षिकोत्सवका अवसरमा शुरु भएको पुरुष तथा महिला भलिबल प्रतियोगिता कात्तिक १३ गतेसम्म सञ्चालन हुने छ । ६ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा वालिङ नगरपालिका हो । क्लवका अध्यक्ष दीपेन्द्र मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष किरण खाँणले स्वागत एवं सचिव हुमराज गुरुङले संचालन गर्नुभएको थियो । प्रतियोगितामा पुरुषतर्फ १० समूह र महिलातर्फ ७ वटा समूह सहभागि छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.