Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 18
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा नमुना बसपार्क बन्ने
    वालिङ् नगरपालिका

    वालिङमा नमुना बसपार्क बन्ने

    Syangja SandeshBy Syangja SandeshDecember 30, 2022Updated:December 30, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    मणी अर्याल
    पौष १५,वालिङ । व्यवस्थित सवारी पार्किङको समस्या भोगिरहेको वालिङको समस्या समाधान हुने भएको छ । वालिङ बजारको शितलनगरमा आधुनिक बसपार्कको निर्माणसँगै सवारी पार्किङको समस्या समाधान हुने भएको हो ।


    देशकै स्मार्ट सिटीको नामले परिचित वालिङमा सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र कुरुप तथा साघुरो बनेको थियो ।


    सावारी पार्किङको समस्या समाधानको लागि विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार भएको छ ।नमुना बसपार्क निर्माणको लागि शहरी विकास कोषको ९० प्रतिशत तथा वालिङ नगरपालिकाको १० प्रतिशत लगानीमा डीपीआर तयार भएको वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।


    वालिङमा बसपार्क नहुँदा लामो तथा छोटो दुरीका सवारी साधनहरु व्यवस्थित रुपमा पार्किङ गर्न नपाउने समस्या अब छिटै समाधान हुने नगरप्रमुख खाँणको भनाई छ । उहाँले भन्नुभयो–‘वालिङबाट छुट्ने तथा वालिङमा रोकिने ठुला,मझौला तथा साना सवारी साधनहरुको पार्किङको समस्या अब समाधान हुन्छ । लामो तथा छोटो दुरीका सवारी साधनहरु बाटो छेउ,निजी जग्गा वा अन्यत्र कहीँ पार्किङ गर्नु पर्दैन ।’


    बसपार्क निर्माणको काम केन्द्र सरकार र प्रदेश सरकारको समपुरक योजनाका रुपमा अघि बढाइने नगर उपप्रमुख कविता तिवारीले जानकारी दिनुभयो । उपप्रमुख तिवारीका अनुसार पब्लिक–प्राइभेट पार्टनरसीप(पीपीपी) मोडेलमा बसपार्क निर्माणको काम हुनेछ,तर यसबारेमा कार्यपालिकाको निर्णयलाई आधार मानिनेछ ।

    नमुना बसपार्कको टर्मिनल भवन,घेरा पर्खाल,वर्कशप,आन्तरिक बाटो लगायत सम्पूर्ण निर्माणको लागि १४ करोड ४१ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । यसको लागि शहरी विकास कोषबाट ८० प्रतिशत ऋण तथा वालिङ नगरपालिकाको २० प्रतिशत लगानीमा काम सम्पन्न हुनेछ ।


    निर्माण सम्पन्न भएपश्चात बसपार्कमा प्रतिघण्टा ९६ वटा सवारी साधनहरु पार्किङ गर्न सकिनेछ । जीप,मिनीबस,माइक्रोबस लगायतका छोटो दुरीमा चल्ने सवारी साधनहरु प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिनेछ । त्यसैगरी लामो दुरीमा चल्ने बसहरु प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बसहरु प्रतिघण्टा ८ वटा, प्रतिघण्टा २ पाङ्ग्रे १० वटा,निजी सवारी कारहरु २० वटा अटाउनेछन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.