Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 20
    Trending
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा दिगो बिकासको स्थानीयकरण अन्तर्गत हरित पुनःउत्थान परियोजना शुरु
    ब्यवसाय

    वालिङमा दिगो बिकासको स्थानीयकरण अन्तर्गत हरित पुनःउत्थान परियोजना शुरु

    Syangja SandeshBy Syangja SandeshMay 28, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ वालिङ । वालिङमा दिगो बिकासको स्थानीयकरण अन्तरगत हरित पुनःउत्थान तथा कोभिड–१९ प्रतिकार्य पहल परियोजना शुरु भएको छ ।
    वालिङ नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा परियोजना शुरु भएको हो ।
    कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधी तथा सरोकारवालाहरुलाई परियोजनाको सञ्चालन र गरिने क्रियाकलापका सम्वन्धमा जानकारी गराईएको छ ।
    कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका निवर्तमान् नगरप्रमुख दिलिपप्रताप खाँणले शिक्षा र आर्थिक बिकास बिना गरिवि हट्न नसक्ने बताउनु भयो । नगरपालिकाले बिगतका बर्षहरुमा उत्पादनमा जोड दिदै आएको भन्दै यसलाई निरन्तरता दिन नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह समेत गर्नु भयो ।
    आर्थिक विकास सबै भन्दा ठुलो बिषय हो खाँणले भन्नुभयो जसका लागि सबैलाई उत्पादनमा जोड्न जरुरी छ । प्रभावकारी रुपमा यसअघिका परियोजनाा सञ्चालन भईरहेको खाँणको भनाई छ । दिगो बिकासको स्थानीयकरण कार्यक्रम मार्फत कोभिड प्रभावित तथा अन्य कारणले समस्यामा परेका वालिङका कृषक तथा उद्यमीहरुलाई फाईदा पुग्ने निर्वातमान् प्रमुख खाँणले बिश्वास व्यक्त गर्नु भयो ।
    कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन र गरिवि घटाउन सञ्चालन भईरहेका योजनालाई प्रभावकारी रुपमा सञ्चालन गरिने जानकारी दिनभयो । उहाँले भन्नुभयो, “कृषक उद्यमी तथा नागरिकको फाईदाका लागि हामी यस्ता परियोजनालाई निरन्तर रुपमा लक्ष्य सम्म पुर्याउने छौं ।”
    नागरिकले प्रगती र बिकासलाई तथ्याङकको तस्विरमा हेर्न चाहेको भन्दै परियोजनालाई सोही अनुरुप सञ्चालन गरिनुपर्ने धारणा समेत राख्नु भयो ।
    जनप्रनिधिहरु नागरिकका साझा व्यक्ति भएको भन्दै खाँणले नगरको बिकासमा सबै मिलेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
    उहाँले कार्यक्रम सफल पार्ने सहयोग गर्ने बिकास र संमृद्धि आफूहरुको प्राथमिकतामा रहेको स्पष्ट पार्नु भयो ।
    कार्यक्रममा बोल्दै नगरउपप्रमुख कविता तिवारी गैह्रेले वालिङका नागरिकको भावना अनुरुप आर्थिक संमृद्धिको लागि परियोजना प्रभावकारी हुने बिश्वास व्यक्त गर्नुभयो । वालिङमा उद्यमीको शहर बनाउने गरी भईरहेका कामलाई आफूहरुले पनि निरन्तरता दिने तिवारीको भनाई छ ।
    कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले दिगो बिकासको लक्ष्य प्राप्तीका लागि युएनडिपीसँगको सहकार्य प्रभावकारी भईरहेको बताउनु भयो ।
    कार्यक्रममा युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले स्थानीय उत्पादनलाई प्रवद्र्धन गरी बजारीकरण गर्ने योजना अनुरुप शुरु भएको परियोजना सफल हुने बिश्वास व्यक्त गर्नु भयो । बाली देखि थाली सम्म भन्ने उक्तीलाई स्मरण गर्दै अर्यालले स्थानीय उत्पादनको बृद्धिले मात्रै आर्थिक संमृद्धि सम्भव भएको बताउनु भयो ।
    वालिङले गरिरहेको उद्यमीको शहर बनाउने अभियानलाई युएनडिपीले साथ दिएको अर्यालको भनाई छ । वालिङमा सञ्चालन भईरहेको उद्यमशीलता,व्यवशाय प्रवर्धन तथा नवप्रवर्तन केन्द्र ईबिक मार्फ उद्यमी अनुकुल बातावरण बनाउने कार्य अरु पालिकाको लागि पनि उदाहरणीय छ अर्यालले भन्नुभयो ।
    उहाँले आर्थिक, सामाजिक र वातावरणीय गरी दिगो बिकासका तीन वटा आयामलाई प्रभावकारी कार्यान्वयन गरेमा दिगो बिकासका लक्ष्य प्राप्त हुन सक्ने भनाई राख्नु भयो ।
    कार्यक्रममा दियालो संस्थाका उपाध्यक्ष बिष्णु सुवेदी, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले बालेका थिए ।
    कार्यक्रम नगरप्रमुख कृष्ण खाँणको सभापतित्व र परियोजना प्रमुख राधाकृष्ण डुम्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य

    September 13, 2025

    वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता

    September 12, 2025

    पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण

    September 7, 2025

    जडिबुटी उत्पादन र बजारीकरणको अध्ययन गर्न स्याङ्जाको टोली भारतमा

    September 4, 2025

    असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने

    September 2, 2025

    युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन

    August 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.