स्याङ्जा २२ माघ । वालिङ नगरपालिकामा ११ ज्वाङखोलामा एक कङ्काल भेटिएको छ ।
प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार शुक्रवार बिहान ज्वाङखोलास्थित खोलसामा स्थानीयहरु ट्याङकी सफा गर्ने क्रममा एक कङ्काल फेला परेपछि खोजी अनुसन्धान गर्दा कपडाका आधारमा हिमाकुमारी पौडेलको भनि पहिचान खुलेको बताउनुभयो ।
वालिङ नगरपालिका ११ सतिवन बस्ने ४८ वर्षीय देवी भन्ने हिमाकुमारी पौडेल साउन १७ गतेबाट बेखबर रहेको बताइएको छ । कङ्काल पोष्टमार्टम गर्न नमिल्ने भएकाले आफन्तलाई बुझाएको प्रहरीको भनाई छ ।
