स्याङ्जा २७ भदौ । वालिङ नगरपालिकामा सञ्चालनमा ल्याईएको ‘उद्यमशीलता, व्यवशाय प्रवर्घन तथा नवप्रवर्तन केन्द्र’ ईबीकको समन्वयमा नगरपालिकाका कामलाई वडातहसम्म लगिने भएको छ ।
नगरपालिकामा भएको छलफल तथा भावी योजना निर्माण कार्यक्रममा बोल्ने बक्ताहरुले ईबिकको प्रभावकारिता धेरै रहेको भन्दै नगरपालिकाका कार्यहरुलाई ईबिक मार्फत वडातह सम्म सञ्चालन गर्दा प्रभावकारिता बढ्नेमा जोड दिनुभएको हो ।
वालिङका जनप्रतिनिधी, वालिङ नगरपालिकाका २२ वटै शाखा प्रमुखहरु र साझेदार संस्था बीचको संयुक्त छलफलमा एक अर्काका कार्यक्रम सहकार्यमा सञ्चालन गर्दा प्रभावकारिता बढ्ने निश्कर्ष निकालिएको हो ।
कार्यक्रममा बोल्दै वालिङ नगरउप–प्रमुख कल्पना तिवारीले युवा तथा बेरोजगारलाई उद्यमी बनाउने गरी नगरपालिकाको साझेदारमा सञ्चालन भएको कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो ।
नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी कार्यक्रम लक्षित हुनुपर्नेमा उपप्रमुख कल्पना तिवारीको जोड छ । उहाँले ईबिक मार्फत उद्यमी बनाउन, व्यवशाय प्रवर्धन गर्न नगरपालिकाले बिशेष कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कोभिड प्रभावितलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले धेरैनागरिकलाई सहजता भएको बताउनुभयो । उहाँले, युवा तथा उद्यमीहरुलाई लक्षित शुभारम्भ गरिएको ईबिक सेन्टरले धेरै बेरोजगारलाई बाटो देखाउने काम गरेको बताउनुभयो ।
कार्यक्रममा उपसचिव बाबुराम साप्कोटा, लेखा अधिकृत ज्ञानप्रसाद अर्याल,प्राबिधिक अधिकृत मणि प्रसाद तिवारी, कार्यक्रमका फोकल पर्सन तथा अधिकृत प्रकाश अर्याल, वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्याप्टेन यामबहादुर गुरुङ, रोजगार संयोजक, दियालो यूएनडिपीका परियोजना प्रमुख राधाकृष्ण डुम्रे,पवन बश्याल, लगायतले इविकका बारेमा थप जानकारी गराउनुभएको थियो ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीको साझेदारीमा दियालो संस्थाले सञ्चालन गरिरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत नयाँ अभियानको रुपमा ईबीक सञ्चालनमा छ ।