Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, September 16
    Trending
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङको श्रवणकुमार पार्क ‘फ्रि वाईफाई जोन’
    वालिङ् नगरपालिका

    वालिङको श्रवणकुमार पार्क ‘फ्रि वाईफाई जोन’

    Syangja SandeshBy Syangja SandeshMarch 17, 2024Updated:March 17, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ चैत । वालिङ नगरपालिका ८ घ्याङलिङमा रहेको श्रवणकुमार पार्कलाई ‘फ्रि वाईफाई जोन’ बनाईएको छ । श्रवणकुमार पार्क ब्यवस्थापन समिति तथा नवप्रभात युवाक्लबको ब्यवस्थापनमा वालिङ ईन्टरनेट प्रालिको सहयोगमा ‘फ्रि वाईफाई जोन’ बनाईएको हो ।

    वालिङ बजारबाट नजिकै रहेको श्रवणकुमार पार्कलाई प्रविधिसित जोड्दै अगाडि बढ्ने उद्देश्यसहित ईन्टरनेट जडानकालागि वालिङ इन्टरनेट कम्पनीसँग सहमति गरिएको नवप्रभात युवाक्लबका अध्यक्ष जीवलाल काफ्लेले बताउनुभयो ।

    वालिङ बजारदेखि नजिकै रहेको पार्कमा पूर्वाधारहरु निर्माण गरिएसँगै आन्तरिक पर्यटकहरुको रोजाईमा पर्दै गएको छ । पार्कमा घुम्न आउनेहरुको सुविधालाई मध्यनजर गरी वालिङ ईन्टरनेट कम्पनीले निशुल्क ईन्टरनेट सेवा दिएको कम्पनीका सञ्चालक जोगराज पाठकले बताउनुभयो ।

    पार्कमा पूर्वाधार निर्माण, सरसफाई, बृक्षारोपण जस्ता कार्य गर्न वालिङ नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी), ८ नं वडा कार्यालय, दियालो, वालिङ होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था, अमिलीथुम प्राथमिक विद्यालय प्रशासन समेतले सहयोग गर्दै आएका छन् ।

    विद्यालयसँग भोगचलन गर्ने सहमति गरेर पुरानो जीर्ण भवनलाई मर्मत सम्भार तथा रंगरोगन गरिएको छ । पार्कलाई घेराबार गर्ने, प्रवेशद्वार निर्माण, श्रवणकुमारको प्रतिमा, बगैंचा, वृक्षारोपण, चौपारी निर्माण, शौचालय तथा बालउद्यानका पूर्वाधारहरुको निर्माण र ब्यवस्थापन कार्य भईरहेको निर्माण समितिका अध्यक्ष तोलाकान्त बगालेले बताउनुभयो ।

    “एकान्त र शान्त वातावरण भएको यो पार्क बजारबाट नजिकैको दूरीमा रहेकाले पनि बिहान र साँझको समयमा यहाँ मानिसहरुको भीड हुने गरेको छ” अध्यक्ष बगालेले भन्नुभयो, “पछिल्लो समय बढ्दो बजारीकरणसँगै बजारको कोलाहलबाट केही समय छुट्टयाएर पार्कमा आनन्दित हुन सकिने भएको छ ।” पार्कमा घुम्न आउने मानिसहरुलाई टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरु चलाउन र अनलाईनहरुमा समाचारहरु हेर्न, सुन्नकालागि पनि सहयोग पुगेको अध्यक्ष बगालेले बताउनुभयो ।

    “क्लबको अनुरोधलाई ईन्टरनेट कम्पनीले सहर्ष स्वीकार गरी निशुल्क वाईफाई जडान गरिदिएकोमा कम्पनीलाई धन्यवाद दिन्छौं” अध्यक्ष बगालेले भन्नुभयो । विशेष गरी विहान र साँझ तथा विदाका दिनमा यहाँ घुम्न आउनेको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ कालागि गण्डकी प्रदेशबाट रु. दश लाख विनियोजन भई पूर्वाधार निर्माणको काम भईरहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    September 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.