Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 31
    Trending
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    • दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
    • प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण
    • स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
    • अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण
    • पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङको फौदीखोलामा मोटरेबल पुलको शिलान्यास
    वालिङ् नगरपालिका

    वालिङको फौदीखोलामा मोटरेबल पुलको शिलान्यास

    Syangja SandeshBy Syangja SandeshNovember 30, 2021Updated:December 5, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ मङ्सिर । वालिङ नगरपालिका १२ स्थित फौदीखोलामा मोटरेबल पुलको आज शिलान्यास गरिएको छ । वालिङ नगरपालिकाकोतर्फबाट पहिलो चरणमा रु. १५ लाखको लागतमा पुलको निर्माण कार्य थालिएको हो । पुलको आज वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण, स्थानीय ज्येष्ठ नागरिकहरु ९९ वर्षीया देउरुपा पराजुली र ९८ वर्षीया रेनुका पराजुलीले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।

    विशेष गरी वर्षायाममा सवारी साधानहरु उक्त खोला पार गर्न समस्या भएकाले मोटरेबल पुलको निर्माण कार्य थालिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

    “गाउँलाई शहरसँग र शहरलाई गाउँसँग जोड्ने यस क्षेत्रको महत्वपूर्ण सडककोरुपमा यसलाई अगाडि सारेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “पुलको निर्माणसँगै गाउँमा उत्पादन भएका कृषि तथा पशुजन्य उत्पादनहरु बजारसम्म पु¥याउन र गाउँमा आवश्यक पर्ने सामग्रीहरु गाउँमा पु¥याउन सहज हुने छ ।”

    निर्वाचित भएर आएसँगै यहाँको मुख्य समस्याकोरुपमा रहेको फौदीखोलामा पुल निर्माण गर्ने कार्यका लागि पटक पटक मन्त्रालयमा प्रयास भएपनि योजना प्राप्त नभएकाले नगरपालिकामार्फत निर्माण कार्य थालिएको वडा नं. १२ का वडा अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो ।

    “पुलको डिपिआर गरेर मन्त्रालयमा फाईल पठायौं तर सुनुवाई भएन” वडा अध्यक्ष गुरुङले भन्नुभयो, “सुनुवाई नभएपछि नगरपालिकाकै पहलमा योजना अगाडि बढायौं र शिलान्यास गरेर काम थालिसकेका छौं ।”

    पुल नहुँदा उक्त खोला वारपार गर्नुपर्ने भएकाले धेरै पटक मोटरसाईकल तथा स्कुटरहरु बगाउँदा मानिसहरु घाईते समेत भएका थिए । खोलामा बाढी आएको बेला सवारी साधनहरु वारपार गर्न नसक्ने भएकाले धेरै समय वारीपारी नै रोकिनुपर्ने बाध्यता रहेको थियो । पुल निर्माणसँगै स्थानीयलाई सहजता हुने भएपछि स्थानीयहरु हर्षित छन् ।

    वालिङ १३ को बायँटारी बजारदेखि वडा नं. १२ लाई सडक सञ्जालसँग जोड्न वालिङ १२ र १४ को सीमामा रहेको फौदीखोलामा आवतजावतमा सहज पहुँच पु¥याउन खोलामा पक्की पुलको शिलान्यास गरिएको हो । पुल आगामी दुई महिनाभित्रैमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको ईञ्जिनियर ध्रुब रेग्मीले जानकारी दिनुभयो । नगरपालिकाको पहिलो चरणमा रु. १५ लाख र दोस्रो चरणमा पुलको तटबन्धन तथा सुरक्षाकालागि थप रु. ५ लाख गरी कूल रु. २० लाखको लागतमा निर्माण सम्पन्न हुने भएको हो । पुलको लम्बाई र चौडाई ६÷६ मिटर रह छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    खुमानन्द मृत्यु ः पत्नी संलग्नताको आशंकामा २७ महिनापछि पक्राउ

    July 25, 2025

    स्याङजाका स्थानीय पालिकाहरुले गरे असल अभ्यास साटासाट

    July 25, 2025

    बोलबम धार्मिक यात्रामा निस्किए स्याङ्जाका ७८ युवा

    July 20, 2025

    वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत

    July 18, 2025

    वालिङमा सुन चोरी गर्ने २ जना पक्राउ

    July 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025

    दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर

    July 30, 2025

    प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण

    July 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.