स्याङ्जा ३१ जेठ । वालिङका मेलमिलापकर्तालाई ५ दिने मेलमिलाप तालिम दिइएको छ ।
वालिङ नगरपालिकाका १४ वडाका गरी २७ जना मेलमिलाप कर्ताहरुलाई स्थानीय सरकार सवलिकरण कार्यक्रम अन्तर्गत ५ दिवसीय उच्च तालिम प्रदान गरिएको होे । नगरपालिका भरिका १ सय १ जना मेलमिलाप कर्ताहरु मध्ये समावेशिताका आधारमा २७ जनालाई तालिममा सहभागी गराइएको छ ।
कार्यक्रममा वालिङ नगरपालिकाका उप प्रमुख एवम् न्यायिक समितिका संयोजक कविता तिवारी गैह्रेले नागरिकहरुबाट आउने विवादलाई सहजिकरणमा सवल र सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । नागरिकहरुबाट आएका विवाद समाधान गर्ने क्षमता अभिवृद्धिका लागि मेलमिलाप कर्ताहरुलाई महत्वपूर्ण सिकाई हुने उप प्रमुख गैह्रेले बताउनुभयो ।
वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, द एशिया फाउण्डेशन गण्डकी प्रदेश संयोजक पुर्ण परियार, प्राकृतिक द्धन्द रुपान्तरण केन्द्र प्रशिक्षक पार्वती विक र सहभागीको तर्फबाट भोजराज गुरुङ, लिलादेवी सुवेदीले मन्तव्य राख्नुभएको थियो ।
द एशिया फाउण्डेसन एवम् प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको आर्थिक सहयोग र वालिङ नगरपालिकाको सहजिकरणमा जेठ २८ गते देखि ३१ गतेसम्म सञ्चालन भएको थियो । गतवर्ष पनि सोहि अनुसारको तालिम २७ जनालाई नै दिइएको थियो ।
प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रका पार्वती विक र अधिवक्ता शुसिल सिंखडाले कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो ।
वालिङ नगरपालिका नगर प्रमुख कृष्ण खाँणले वालिङ नगरपालिका न्यायीक क्षेत्रमा उदाहारणीय कार्य गरिरहेको र अन्य पालिकापनि वालिङ नगरपालिकाको सिको गरेको हुदा अझै प्रभावकारी रुपमा कार्य गर्न मेलमिताप कर्तालाइ अनुरोध गर्नुभएको छ ।