हेटौंडा १० कात्तिक। वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेश सभाका सदस्यको हस्ताक्षर सहित दाबी पत्र आज बेलुकी बुझाउनुभएको छ ।
उहाँको समर्थनमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार वटा राजनीतिक दलले सर्मथन सहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम नयाँ सरकार गठन गर्न भोली दिउँसो ३ बजेसम्म समयसीमा निर्धारण गर्नुभए अनुसार मुख्यमन्त्री पदका लागि प्रत्यासी पाण्डेले आज नै दाबी पत्र दर्ता गराउनुभएको थियो ।