Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, June 5
    Trending
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    • पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वाइडेन–मर्केलबीच जुलाई १५ मा वासिङ्टनमा भेटवार्ता
    अन्तर्राष्ट्रिय

    वाइडेन–मर्केलबीच जुलाई १५ मा वासिङ्टनमा भेटवार्ता

    Syangja SandeshBy Syangja SandeshJune 12, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    एजेन्जी, २९ जेठ । अमेरिकी राष्ट्रपति जो वाइडेन र जर्मनीकी चान्सलर एन्जेला मर्केलबीच यही जुलाई १५ मा वासिङ्टनमा भेटवार्ता हुने भएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर एन्जेला मर्केलबीच अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा हुने भेटमा समसामयिक राजनीति र साझा चुनौतिका बिषयमा छलफल हुने बताइएको छ । उहाँहरूबीच जलवायु परिवर्तनले निम्त्याएको खतरा, आर्थिक समृद्धिको विकास र अन्तर्राष्ट्रिय सुरूक्षाका साथै पारस्परिक प्रजातान्त्रिक मूल्य मान्यतालगायतका बिषयमा छलफल हुने प्रेस संयोजक जेन साकीले शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

    मर्केलको भ्रमणले संयुक्त राज्य अमेरिका र जर्मनीबीचको गहिरो द्विपक्षीय सम्बन्धको पुष्टि गर्नेछ, साकीले भन्नुभएको छ ।दुई देशको उच्च नेतृत्वले कोभिड–१९महामारीको अन्त्य गर्ने, जलवायु परिवर्तनको खतरालाई सम्बोधन गर्ने र आर्थिक समृद्धि र आपसी साझा प्रजातान्त्रिक मूल्यमा आधारित अन्तर्राष्ट्रिय सुरक्षाको प्रवद्र्धन गर्नेलगायतका साझा चुनौतिहरूमा सहकार्य गर्ने प्रतिबद्धताबारे छलफल गर्नेछन्, उहाँले थप्नुभयो ।

    बाइडेन राष्ट्रपतिको रूपमा जी–सेभेन राष्ट्रहरूको सम्मेलनका अवसरमा पहिलो विदेश भ्रमणमा बेलायत आएको समय शुक्रबार मर्केलसँग अनौपचारिकरूपमा संक्षिप्त भेट भएको पनि ह्वाइट हाउसले पुष्टि गरेको छ । सैन्य खर्च साझेदारीमा बर्लिनले ‘स्वभाविक इच्छा नदेखाएको भन्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बर्ष जर्मनीबाट करीव १२ हजार सेना फिर्ता लिन आदेश दिनुभएको थियो यसलाई बाइडेनले फेब्रुअरीमा एक निर्णयमार्फत् पूर्व निर्णयलाई उल्ट्याएको थियो । उहाँले जर्मनीसँगको सम्बन्धको महत्व र लगभग पूरा भएको पाइपलाइन रोक्न कठिनाई औंल्याएर गत महिना बाइडेन प्रशासनले एक कम्पनी र यसको सीईओकोबिरूद्ध पाइपलाइन प्रोजेक्टसम्बन्धी प्रतिबन्धलाई खारेज गरेको थियो ।

    एक हजार २३० किलोमिटर ‘नर्ड स्ट्रीम–टू पाइपलाइन बाल्टिक समुद्र हुँदै रूसबाट जर्मनीमा प्राकृतिक ग्यास पम्प गरी वार्षिक ५५ अर्ब घन मिटर ग्यास आपुर्ति गर्न बनाइएको योजना हो ।

    जर्मनी र रूस दुबैले यो परियोजना पूर्णतया आर्थिक योजना भएको दावी गर्ने गरेका छन् तर ट्रम्प प्रशासनले यसलाई रूसले भौगोलिक राजनैतिक लक्षका लागि बनाएको भन्दै रोक्नपर्ने बताएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    विश्वशान्तिका लागि जयपुर—काठमाण्डौं रथयात्रा

    December 14, 2024

    रुस युक्रेन युद्ध तत्काल बन्दको गरियोस् भन्र्दैै स्याङ्जामा शान्ति रयाली

    February 25, 2023

    पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने पोखरेली चाहना ५० बर्षमा पूरा

    January 1, 2023

    पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि अर्जेन्टिनालाई

    December 19, 2022

    नेपालको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

    October 7, 2022

    दिवंगत महारानी एलिजावेथको अन्त्येष्टि गरिंदै

    September 19, 2022
    Leave A Reply Cancel Reply

    Latest Posts

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.