Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, October 18
    Trending
    • पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
    • राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लैगिक हिंसा बारे महिला आयोग र बिद्यालय परिवारबीच स्याङ्जामा अन्र्तक्रिया
    पुतलीबजार नगरपालिका

    लैगिक हिंसा बारे महिला आयोग र बिद्यालय परिवारबीच स्याङ्जामा अन्र्तक्रिया

    राष्ट्रिय महिला आयोगले बिद्यालय स्तरमा हुने लैंगिक हिंसा निवारणका सम्बन्धमा शिक्षक, बिद्यार्थी र बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीबीच स्याङ्जामा अभिमूखीकरण कार्यक्रम गरेको छ ।
    Syangja SandeshBy Syangja SandeshMay 22, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ जेठ । राष्ट्रिय महिला आयोगले बिद्यालय स्तरमा हुने लैंगिक हिंसा निवारणका सम्बन्धमा शिक्षक, बिद्यार्थी र बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीबीच स्याङ्जामा अभिमूखीकरण कार्यक्रम गरेको छ ।

    कार्यक्रमको उदघाटन गर्दे जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तिले अपरिचित ब्यक्तिसंग अनावश्यक बोलचाल गर्न नहुने बताउनुभयो । चिनजान नभएका ब्यक्तिसंग सम्बन्ध बिस्तार नगर्न सुझाव दिदै उहाले सुरुमा प्रलोभन देखाउदै पछि हिंसासंगै ठूल्ठूला आपराधिक घटनासम्म घट्न सक्ने आशंका ब्यक्त गर्नुभयो ।

    आफना आफन्त र चिनेजानेका ब्यक्तिसंग पनि सचेत रहन उहाको सुझाव छ । यस्ता घटना हुन सक्नेतर्फ सजग रहनु पर्ने जानाउदै प्रमुख घर्तिले नैतिक तथा संस्कार शिक्षाको आवश्यकता औल्याउनुभयो ।

    कार्यक्रममा नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिका सबै बालबालिकाले शिक्षा पाउनु पर्नेमा आफु संवेदनशिल रहेको बताउनुभयो । आफु नगरप्रमुख भएदेखि पुतलीबजारका बिद्यालयमा यस्ता खालका हिंसात्मक घटना नघटेको जनाउदै यस्ता घटना हुन नदिन सबै सचेत र सजग बन्नुपर्नेमा जोड दिनुभयो ।

    नगरभित्रका बिद्यार्थीलाई संघिय सरकारले दिएको खाजा रकमको दैनिक १५ रुपैंयामा पुतलीबजारले १० रुपैंया थप दिएको र स्याङ्जाको सामुदायिक बिद्यालयमा संचालित सवइन्जिनियरिङ् पढ्ने बिद्यार्थीका लागि १ लाख १० हजार आर्थिक अनुदान दिएको नगरप्रमुख रेग्मीले जानकारी गराउनुभयो ।

    सोही कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक शालिकराम शर्मा, आयोगका उपसचिव सीता अधिकारीले महिला तथा बालबालिका सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
    कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, शिक्षक सीता नेपाल, बाल संजालका अध्यक्ष सुजाता पौडेल लगायतले सुझाव सहितका आ आफना धारणा सुनाउनुभयो ।

    राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसचिव सीता अधिकारीले संचालन गर्नुभएको थियो । अभिमूखीकरण कार्यक्रममा पुतलीबजार नगरपालिका अन्र्तगतका सामुदायिक बिद्यालयका विद्यार्थी, शिक्षक, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.