बुटवल १६ साउन । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै यसलाई विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाउँदै आफूहरूको पक्षमा प्रदेशसभामा बहुमत रहेको जानकारी गराएका छन् । हाल कायम रहेको ८० सदस्यमध्ये ४२ जनाको समर्थन आफूहरूसँग रहेको र सरकारलाई ३८ जनाको मात्र समर्थन रहेको विपक्षीको भनाइ छ । वैशाख १९ गते संसद्मा प्रस्तुत अविश्वास प्रस्तावको सामना नगरी मुख्यमन्त्री पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्नुभएको थियो । त्यसपछि राजीनामा दिनुभएका पोखरेलले प्रदेशसभामा आफ्नो बहुमत रहेको भन्दै एकल बहुमतको सरकारको दावी गर्नुभएको थियो । तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
यसैबीच विपक्षी दलहरुको ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले ध्यानाकर्षणपत्र संविधान र कानुन सम्मत भए नभएकोबारे आफूले अध्ययन गरी निर्णय गर्ने बताउनुभएको छ ।
Sunday, October 26
Trending
- खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न
- मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन
- पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान
- बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
- चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
- झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
- जजकमा आरोपित खवास पक्राउ
- स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
