स्याङ्जा ९ साउन । नगरपालिकाको विकट क्षेत्र पानी ब्यवस्थापन भएसंगै यहाँका ३ गाउँका स्थानीयबासी खुशी भएका छन्। लिफिटङ गरेर जालिमडाँडा, तीलडाँडा र कोलडाँडाबासी लाभान्वित भएका हुन्।
चापाकोट नगरपालिका — ६ साँखर जालिमडाँडामा त पानीको धेरै समस्या थियो। यहाँका स्थानीयले बर्षौंदेखि पानीको समस्या भोग्दै आएका थिए। करिब १६ किलोमिटर टाढादेखि खानेपानीको जोहो गर्नुपर्ने वाध्यता थियोे।
तर, अहिले गण्डकी प्रदेश पूर्वसांसद भागवतप्रकाश मल्लको पहलमा गाउँम लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएसंगै खानेपानीको समस्या हटेको छ। स्थानीयबासीमा खुशी छाएको छ। गाउँलेको मुहारमा खुशी देखिएको छ।
वडडाडाँ –पाङ्लुङ लिफ्टिङ खानेपानी आयोजनाबाट जालिमडाँडा, तीलडाँडा र कोलडाँडाका ८१ घरपरिवार लाभान्वित भएको पाङ्लुङ — बरडाडा खानेपानीका अध्यक्ष सुर्य पाठकले जानकारी दिनुभयो । उहाका अनुसार, ‘भौगोलिक विकटताका कारण धेरै टाढाबाट पानी ल्याउनु परेको थियो। पानी आउने भन्दा बिग्रने बढी हुथ्यो। दिनहुँजसो बनाउनका लागि ४÷५ खटिनु पथ्र्यो। अब ती सबै समस्या हटेका छन्। स्थानीयबासीले घर घरमै पानीको सुबिधा पाएका छन्।’
धारामा पानी खोलेर सुरूवात गर्दै पूर्वसांसद भागवतप्रकाश मल्लले खानेपानीबाट कोहि पनि बञ्चित हुन नहुने जनाउदै एक घर एक धारा खानेपानीको अवधारणा अनुरूप सबै घरमा पानीको उपलब्धताको लागि निरन्तर लागिरहने बताउनुभयो । उहाले भन्नुभयो, ‘जिल्ला र जन्मथलोको विकासका निम्ति सधैभरी जुटीरहनेछु।
कार्यक्रममा नगर प्रमुख देवबहादुर खाँणले चापाकोटका विकासका लागि संघ, प्रदेशसंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
लिफ्टिङ खानेपानी सबलाईनमा पानी जोडेर पानी उपलब्ध गराइएको हो। आफना टोल टोलमा खानेपानीका धारा ल्याएर सहज बनाएको भन्दै पूर्वसांसद भागवतप्रकाश मल्ल, चापाकोट नगरप्रमुख देवबहादुर खाँण, खानेपानीका अध्यक्ष सूर्य पाठकलाई स्थानीयबासीले फुलमालाले स्वागत गरेका छन्।