स्याङ्जा १३ कात्तिक । लायन्स क्लब अफ पुतलीबजारका द्दितीय उपाध्यक्ष निरज मरासिनीले आफनो जन्मदिनको अवसर पारेर बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ ।
पुतलीबजार नगरपालिका वडा न १४ स्थित श्रवण माध्यमिक विधायलमा शिशु देखि कक्षा ५ सम्म पढ्ने ५० जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्नुभएको हो ।
सोही कार्यक्रममा पुतलीबजारका पूर्व उपप्रमुख महेश पुरी क्लवले सामाजिक कार्यमा गर्दे आएको रचनात्मक कार्यको प्रशंसा गर्दै निरन्तरता दिन सुझाव दिनुभयो । कार्यक्रममा चार्टर प्रीसिडेन्ट एंव डिष्ट्रीक्ट एड्भाइजर श्री गुरुङ , विधालय व्यवस्थापन समितिका अध्यक्ष रविन केसि , प्रधानाध्यापक हिमलाल ढकाल लगायतले धन्यवाद सहित शुभकामना ब्यक्त गर्नुभएको थियो।
लायन्स क्ल्व अफ पुतलीबजारको अध्यक्ष पित्ताम्वर गौतम (प्रकाश) को अध्यक्षतामा सम्पन्न कार्यक्रमान प्रथम उपाध्यक्ष एक नारायण मरासिनीले स्वागत , हेल्थ डिपार्टमेण्ट चिफ डा। वसन्त पंगेनीले झण्डाको अभिवादन एंव सचीव रुद्र बिस्वकर्माले संचालन गर्नुभएको थियो।
स्याङ्जा लायन्स क्ल्वका पुर्व अध्यक्ष धुर्वबन्धु पौडेल, पुर्व वि। व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद पौडेल, जोन चियर पर्शन डोलराज रेग्मी लगायतको सहभागीता थियो ।