स्याङ्जा २३ कात्तिक । लायन्स क्लब अफ भीरकोट पश्चिम रूकुमका भुकम्प पीडितहरूका निम्ति राहत सामाग्री बोकेर बुधवार गन्तव्यतर्फ प्रथान गरेको छ ।
पश्चिम रूकुमको आठबिसकोट नगरपालिकाका भुकुम्प पीडितहरूलाई राहत सामाग्री वितरण गरिने क्लबका अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण) ले बताउनुभयो ।
क्लबले आफ्ना सदस्यहरू, भीरकोट र अर्जुनचौपारीका शुभेच्छुक व्यक्ती एवं संघसंस्थाहरूसँग आर्थिक सहयोग लिइ राहत सामाग्री खरिद गरेको क्लबले जनाएको छ।
२० घरपरिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न , लत्ताकपडा लगायतका आधारभूत सामाग्री बोकेका २ वटा सवारी साधन र ११ जना क्लबका स्वयंसेवकहरू रूकुम गएका हुन्। “फाइबर सिरक, म्याट,त्रिपाल, चामल, दाल, नुन ,च्युरा लगायतका अत्यावश्यक राहत सामाग्री सहित प्रभावित बस्तीतर्फ लागेका छन् ।