स्याङ्जा २२ कात्तिक । पुतलीबजार नगरपालिकाको आर्थिक सहयोग तथा जीवन वाटिका नेपाल स्याङ्जाको आयोजनामा लागु औषध तथा एचआइभी एड्स सम्बन्धी जनचेतना कार्यक्रम गरिएको छ ।
पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आदर्श नमूना माध्यमिक बिद्यालयमा अध्ययरत बिद्यार्थीलाई जनचेतनामूलक कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उदघाटन गर्दे पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले बिद्यालय तहदेखि नै बालबालिकालाई कितावी ज्ञानसंगै यस्ता खालका प्रशिक्षण आवश्यक रहने बताउनुभयो । बिद्यालय तहमै राम्रा नराम्रा सबै खालका गतिबिधिमा संलग्न हुदै अघि बढ्ने बालबालिकालाई लागु औषध जस्ता कुलतमा फसेमा के हुन्छ भनी सिकाउन आवश्यक रहेको बताउदै आगामी दिनमा अन्य बिद्यालयमा पनि उपलब्ध गराउने बताउनुभयो ।
कार्यक्रममा शिक्षक संघका केन्द्रिय उपसभापति लक्ष्मीप्रसाद रेग्मी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, वडा सदस्य बिष्णुप्रसाद श्रेष्ठ लगायतले जनचेतनामूलक प्रशिक्षण सबै बिद्यार्थीलाई दिनुपर्नेमा जोड दिनुभयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रप्रसाद गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले गर्नुभएको थियो ।
जीवन बाटिका नेपाल स्याङ्जाका अध्यक्ष नविन अर्यालले प्रशिक्षण दिनुभएको थियो । लागु औषध र एच.आइ.भीं के कस्ता कारणबाट सर्छन । यसबाट बच्ने र उपायका बारेमा जानकारी गराइएको थियो । बिद्यालयका कक्षा ८, ९ ,१० र ११ मा अध्ययरत बिद्यार्थी सहभागी थिए ।