स्याङ्जा २३ असार । पुतलीबजार नगरपालिका १ स्थित रोशनी अंग्रेजी माध्यमिक बिद्यालयले कलेज फेस्ट सम्पन्न गरेको छ ।
कलेज फेस्टको उदघाटन गर्दै पुतलीबजार नगरउपप्रमुख देवी अर्यालले नगरपालिकामा अब्बल स्थान ओगटन सफल रोशनी बोडिङले यस्ता प्रतिभा पहिचान जस्ता कार्यक्रम संचालन गरेर उदाहरणीय काम गरेको बताउनुभयो । यस्ता कार्यक्रमले बिद्यार्थीका आत्मबल तथा हौसला बढाउने हुदाँ आगामी दिनमा पनि निरन्तरता दिन सुझाव दिदै नगरपालिकाबाट हुने आवश्यक सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख बाबुराम बराल, हिमालयन अंग्रेजी माध्यमिक बिद्यालयका प्रिन्सिपल हरिप्रसाद अर्याल, ज्योती अंग्रेजी माध्यमिक बिद्यालयका प्रशासन प्रमुख राहुल त्रिपाठी, रोशनी अंग्रेजी माध्यमिक बिद्यालयका प्रिन्सिपल दिपक मरासीनी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
बिद्यालयका निर्देशक नारायणप्रसाद मरासीनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा १२ का बिद्यार्थी आयुशचन्द ठकुरीले स्वागत एवं बिद्यार्थी मुकेश सापकोटाले संचालन गर्नुभएको थियो । फेस्टोमा बिद्यार्थीले नृत्य, गान, कबिता, मुक्तक लगायतका आ आफना प्रतिभा प्रर्दशन गरेका थिए । बिद्यार्थी तथा अभिभावकलाई प्रेरणादायी प्रशिक्षण दिइएको थियो ।
सोही कलेजमा अध्ययनरत प्लस वान तथा टु मा अध्ययरत बिद्यार्थीलार्ई लक्षित गर्दे सो कलेज फेस्ट आयोजना गरिएको हो ।