स्याङ्जा १८ माघ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको दोश्रो अधिवेशनले राजन कार्कीको अध्यक्षतामा प्रदेश स्तरीय कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा माया गुरुङ , प्रथम उपाध्यक्षमा दिलु लामा, द्वितिय उपाध्यक्षमा प्रेमराज अधिकारी, महिला उपाध्यक्षमा मञ्जु विक, सचिवमा रामजी पौडेल, महिला सचिवमा ज्योती लोहनी, कोषाध्यक्षमा कृष्ण सुवेदी निर्वाचित हुनु भएको हो ।
प्रतिष्ठानको सहसचिबमा दिपक पौडेल , सह—कोषाध्यक्षमा होम गुरुङ , महिला सदस्यमा मधु चापागाई, टौसेवा गुरुङ सविना, सुनिता नेपाली, सपना परियार निर्वाचित हुनु भएको छ ।
भूगोल तर्फ स्याङजाबाट ऋषि डुम्रे, म्याग्दीबाट अमित विश्वकर्मा, बाग्लुङबाट हरी सुनार, कास्कीबाट माधव चापागाई, तनहुँबाट विष्णु पराजुली अधिकारी, लमजुङबाट टसबहादुर गुरुङ, नवलपुरबाट विष्णु कुमार, गोरखाबाट विकास नेपाली,पर्बतबाट सरस्वती लामिछाने, खुल्ला सदस्यहरुमा ज्ञानेश्वर सुवेदी,ज्ञानप्रकाश बराल, सन्दीप परियार, विक्रम गुरुङ, धिरन थापा, कृष्ण गैह्रे, टेक क्षेत्री निर्वाचित हुनु भएको हो ।