काठमाण्डौं ४ साउन । नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजोबाट टिमको प्रशिक्षण सुरु भएको जनाएको छ । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपालले तयारी सुरु गरेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाउनुभएको छ । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । यस समूहको छनोट खेल नेपालमा हुनेछ । एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भदौ देखि ९ असोज) लाई तोकेको छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।
Monday, September 1
Trending
- बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने
- युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन
- सन्दर्भः सामाजिक सञ्जाल सूचीकरणको
- स्याङ्जामा मनाए अन्तरराष्ट्रिय बेपत्ता दिवस
- गैसस महासंघ स्याङ्जाको अध्यक्षमा एकनारायण
- पुतलीबजारमा शारीरिक अपांगता पहिचान सहित स्वास्थ्य परीक्षण शिविर हुने
- न्याय गर्न नसकेको न्यायपरिषद्
- हाजिरीजवाफ प्रतियोगितामा भूपू सैनिक प्रथम