स्याङ्जा १२ भदौ । राष्ट्रिय मगर संघ स्याङ्जाको सभापतिमा विष्णुबहादुर मर्साङ्गी निर्विरोध निर्वाचित हुनु भएको छ ।
संघको तेस्रो अधिवेशनले मर्साङ्गीको सभापतित्वमा २३ सदस्य जिल्ला कार्यसमिति चयन भएको हो।
समितिको उपसभापतिमा निर्मलकुमार राना र डिलकुमार थापा, सचिवमा केशबहादुर थापा, सहसचिवमा अशोककुमार थापा र कोषाध्यक्षमा अनिता थापा चयन हुनु भएको छ ।
यसैगरी, सदस्यमा गीता गाहा, नेत्रकुमारी थापा, खिमकुमारी थापा, प्रेमकुमारी थापा, शोभा थापा राना, मायाकुमारी खाम्चा मगर, दिलमाया राना, टिका सोमै मगर, जुतबहादुर राना, भीमबहादुर थापा, लालबहादुर थापा, नेत्रलाल राना, भुपेन्द्र थापा, दलबहादुर थापा, गणेशमान राना, रामबहादुर थापा मगर र चेतबहादुर बराल रहनु भएको छ ।
अधिवेशनले इशा राना, गीता राना, सीता थापा, छ्याबहादुर थापा, मोहनबहादुर थापा, दिपेन्द्र आले, चन्द्रबहादुर रखाली, विक्रम सारु र विश्वप्रकाश थापालाई महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठले अधिवेशनको उदघाटन गर्दै आदिवासी जनजाती अन्र्तगत रहेको मगर समुदायका बिबिध कला, संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संघिय सांसद मोहन पाण्डे, गण्डकी प्रदेश शिक्षा संस्कृति तथा सामाजिक मन्त्री मेखलाल श्रेष्ठ, कांग्रेसका प्रदेश उपसभापति कल्पना तिवारी, सभापति राजु थापा, प्रदेश सांसद भागवतप्रकाश मल्ल, निवर्तमान कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो
संघका सभापति बिक्रम सारु मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य इशा रानाले स्वागत एवं सचिव मोहन थापाले संचालन गर्नुभएको थियो ।
Sunday, December 14
Trending
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
- ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
