स्याङ्जा, १८ चैत । नेपालको भलिबल टिमका क्याप्टेन मानबहादुर श्रेष्ठ र सदस्य धनबहादुर भट्ट (डीबी) लाई सम्मान गरिएको छ । स्याङ्जा स्थित अर्जुनचौपारी गाउँपालिकाले श्रेष्ठ र भट्टलाई दोसल्ला ओढाएर मायाँको चिनो सहित सम्मान गरेको हो ।
अर्जुनचौपारी स्थित दरौखोला युवा परिवारले फागु पुर्णिको अवसरमा सञ्चानल गरेको पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन आउनु भएका श्रेष्ठ र भट्टलाई सम्मान गरेको हो ।
श्रेष्ठ र भट्ट वडा नं २ को अग्रदिप युवा क्लबबाट खेल खेल्न आउनु भएको हो । खेलाडी देशका गहना भएको बताउदै गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले पालिकामा सम्मान गर्न पाएकोमा खुसी ब्यक्त गनुूभयो ।
राष्ट्रिय टिमका क्याप्टेन श्रेष्ठले गाउँमा रहेका खेलाडीलाई खेलको माध्यबाट केही सिकुन भन्ने उदेश्यले खेल खेल्न आएको बताउनुभयो ।
उहाँले आफुहरुको खेलहेरेर गाउँमा रहेका खेलाडीले केहीसिक्ने बताउदै आफुहरु पैसा भन्दापनि खेल सिकाउनु आएको बताउनुभयो ।