Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राष्ट्रियसभा निर्वाचन गण्डकी प्रदेशमा ३ पदमा ८ जनाको उम्मेदवारी दर्ता
    गण्डकी प्रदेश

    राष्ट्रियसभा निर्वाचन गण्डकी प्रदेशमा ३ पदमा ८ जनाको उम्मेदवारी दर्ता

    Syangja SandeshBy Syangja SandeshJanuary 9, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ पुस । राष्ट्रिय सभा सदस्यका लागि गण्डकीमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवारी दर्ता गरेका छन् ।

    राष्ट्रिय सभामा गण्डकीबाट हुने ३ सदस्यका लागि उनीहरुले आज (सोमबार ) मनोनयन दर्ता गरेका हुन् । गण्डकीमा सत्ता गठबन्धनले भागवण्डा गरेर उम्मेदवारी दर्ता गरेका छन् ।

    जसमा अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा)ले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाको प्रस्तावकमा कांग्रेस नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र समर्थकमा माओवादीकी नेतृ तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशीला सिंखडा हुनुहुन्छ ।

    अपाङ्गता तथा अल्पसंख्यकतर्फ कांग्रेसका पदमलाल परियारले उम्मेदवारी दिनु भएको छ । उहाको प्रस्तावकमा कांग्रेसकी कल्पना तिवारी र समर्थकमा माओवादीकी कुसुम बुढा रहनु भएको छ ।

    यसैगरी महिलातर्फ नेकपा माओवादीकी मनरुपा शर्मा (पर्वत)ले उम्मेदवारी दर्ता गर्नुभएको छ भने उहाको प्रस्तावकमा माओवादीका हरिबहादुर चुमान र समर्थकमा कांग्रेसका विन्दुकुमार थापा रहनु भएको छ ।

    नेकपा एमालेबाट अन्यतर्फ चक्रबहादुर पराजुली (स्याङ्जा)ले उम्मेदवारी दिनु भएको छ । छन् । उहाको प्रस्तावकमा भक्त कुँवर र समर्थकमा भीम कार्की रहनु भएको छ । अपाङ्गता तथा अल्पसंख्यकतर्फ हेमन्त शेरचन (मुस्ताङ)ले उम्मेदवारी दिनु भएको छ भने उहाको प्रस्तावकमा मञ्जुदेवी गुरुङ र समर्थकमा राजकुमारी भुजेल रहनु भएको छ ।

    महिलातर्फ एमालेबाट सम्झना देवकोटा (गोरखा)ले उम्मेदवारी दिनु भएको छ उहाको समर्थकमा नवराज ओझा र समर्थकमा देवका पहारी हुनुहुन्छ । यसैगरी, राप्रपाले दुई स्थानमा उम्मेदवारी दिएको छ ।

    राप्रपाबाट अन्यतर्फ रोमबहादुर भण्डारीले उम्मेदवारी दिनु भएको छ भने महिलातर्फ गौमाया श्रेष्ठले उम्मेदवारी छ । उहाहरु दुबैको प्रस्तावकमा पञ्चराम गुरुङ र विन्दु अधिकारी पहाडी रहनु भएको छ ।

    राष्ट्रिय सभामा गण्डकीबाट ३ स्थान रिक्त छ । राष्ट्रिय सभामा गण्डकीमा खुल्ला (अन्य), अल्पसंख्यक तथा अपाङ्गता र महिला गरेर ३ स्थान रिक्त रहेको हो । रिक्त स्थानका लागि आगामी माघ ११ गते सातै प्रदेशमा निर्वाचन हुँदैछ ।

    गण्डकीमा सत्ता गठबन्धनको पल्लाभारी छ । गण्डकीमा कुल ६ हजार ४ सय १० मतभार रहेकोमा सत्ता गठबन्धनसँग ३ हजार ८ सय २७ मतभार छ भने एमालेसँग २ हजार ४ सय ३९ र राप्रपासँग १०६ मतभार छ । गण्डकीमा ६० प्रदेश सभा सदस्य, १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका छन् ।

    प्रदेश सभा सदस्यको मतभार ५३ रहेकाले गण्डकीमा ३ हजार १ सय ८०, स्थानिय तहको प्रमुख र उपप्रमुखको समान १९÷१९ मतभार रहेकाले ३ हजार २ सय ३० मतभार छ ।

    कांग्रेसको २ हजार ७ सय ४, नेकपा माओवादी केन्द्रको ९ सय ९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ मतभार भएकाले सबै जोड्दा सत्ता गठबन्धनसँग पुग्छ । जुन जित्नका लागि आवश्यक मतभार भन्दा धेरै हो । नेकपा एमालेको २ मतभार छ । राप्रपाको भने दुई जना प्रदेश सभा सदस्य मात्र भएकाले केवल १ सय ६ मतभार छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.