Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 21
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राष्ट्रपतिको भूमिकामा प्रश्न उठाए कांग्रेसका जिल्ला सभापतिहरूले
    राजनीति

    राष्ट्रपतिको भूमिकामा प्रश्न उठाए कांग्रेसका जिल्ला सभापतिहरूले

    Syangja SandeshBy Syangja SandeshJune 6, 2021Updated:July 15, 2021No Comments5 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ २३ जेठ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन्। असंन्तुलित र द्वैध भूमिका राष्ट्रपतिले देखाएकोमा गम्भीर ध्यानाकर्षण भएको उहाहरूको भनाइ छ।

    ‘वर्तमान राष्ट्रपतिको असन्तुलित र द्वैध भूमिकाप्रति समेत हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन घोषणा भएको कारण देखाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सहमति नदिने, राष्ट्रिय सभाका लागि सिफारिस गरेका नाम जारी नगर्ने तर अहिले त्यसको ठीक विपरीत कामचलाऊ प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डल हेरफेर, विस्तारमा सहयोग पुर्‍याउने कुरा एकदमै दुर्भाग्यपूर्ण छ,’ जिल्ला सभापतिहरूले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

    यस्तै उनीहरूले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिमाथि पनि प्रश्न उठाएका छन्।

    ‘सरकारका प्रधानमन्त्री विदेशी गुप्तचरसँग रातभर गोप्य संवाद गर्ने, उपप्रधानमन्त्री राजेन्द्र महतो राष्ट्र विखण्डनको आसयमा “बहुल राष्ट्र राज्य” को वकालत गर्ने जस्ता घटनाले हाम्रो सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतामाथि गम्भीर प्रहार भएको छ,’ उहाहरूले भन्नुभएको हो ।

    साथै पार्टीको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्न केन्द्रलाई दबाब दिने निर्णय भएको छ। कांग्रेसले भदौमा महाधिवेशन गर्ने भने पनि अहिलेसम्म सबै जिल्लामा क्रियाशील सदस्यता वितरण गरिसकेको छैन।

    ६१ जिल्लामा मात्रै क्रियाशील सदस्यताको काम भएका छन् अरूमा टुंगिएको छैन। कोरोना महामारीबीच नै महाधिवेशन भदौमै गर्नुपर्ने आवाज कांग्रेसभित्र उठेको छ। यसैबीच कांग्रेसका जिल्ला सभापतिहरूको भर्चुअल बैठकले महाधिवेशन गर्न केन्द्रको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

    सबै जिल्ला सभापतिहरूको तर्फबाट १० बुँदे विज्ञप्ति सार्वजनिक गर्दै नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले महाधिवेशनका लागि केन्द्रलाई ज्ञापन पत्र बुझाउने उल्लेख गर्नुभएको छ ।

    महाधिवेशन र अन्य पार्टीको आन्तरिक विषयलाई लिएर ज्ञापन पत्र बुझाउने निर्णय भएको उहाले बताउनुभयो । साथै जिल्ला सभापतिहरूले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले एकपछि अर्को असंवैधानिक काम गरिरहेकोले विरोध गर्ने पनि बताएका छन्। साथै उनीहरूले सबै नागरिकलाई कोरोना खोपको सुनिश्चितता गर्न पनि माग गरेको छ।

    यस्तो छ विज्ञप्ति

    १। जननिर्वाचित संसदप्रति उत्तरदायी रहनुपर्ने मुलुककै कार्यकारी प्रमुख स्वयं प्रतिनिधिसभाप्रति ज्यादै असहिष्णु र पूर्वाग्रही बन्नु र पटकपटक विघटन गर्नु, संसद छलेर अध्यादेस र आदेसको भरमा सत्ता संचालन गर्नु, आफूले संसदको विश्वास गुमाइसकेर पनि संविधानको प्रावधान विपरीत प्रधानमंत्री पदप्रति निर्लज्ज आशक्ति देखाइरहनु, सहज, स्वाभाविक र आमसहभागितामूलक निर्वाचनको वातावरण सुनिश्चित नगरी एकोहोरो निर्वाचनको रट लगाउनुले यो सरकार वर्तमान संविधान र लोकतन्त्रकैविरुद्ध सुनियोजित रुपमै योजनावद्ध रोडम्याप सहित प्रतिगमनतर्फ अग्रसर भएको ठहर गर्दछौं।

    २। नेपालको इतिहासमै कुनै पनि जननिर्वाचित सरकारको पालामा अहिलेजस्तो राष्ट्र , राष्ट्रियताको जग यतिविघ्न कमजोर कहिल्यै भएको थिएन।

    सरकारका प्रधानमन्त्री विदेशी गुप्तचरसँग रातभर गोप्य संवाद गर्ने, उपप्रधानमन्त्री राजेन्द्र महतो राष्ट्र विखण्डनको आसयमा “बहुल राष्ट्र राज्य” को वकालत गर्ने जस्ता घटनाले हाम्रो सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतामाथि गम्भीर प्रहार भएको छ।

    पार्टीको आन्तरिक मामिलामा समेत बाह्य प्रशिक्षण, चलखेल र हस्तक्षेपकारी भूमिका नग्न रुपबाट पटकपटक प्रकट भए भने अन्तर्राष्ट्रिय सम्वन्धमा पारस्परिक सन्तुलन, भाईचारा, विश्वास र हार्दिकता कायम राख्न यो सरकार पूर्णतः असफल भएको ठहर गर्दछौं।

    ३। कोभिड संक्रमणको नयाँ लहरले शहर(गाउँ सबै लपेटीसक्दा पनि सामान्य सिटामोल, थर्मामीटर, अक्सीमिटर तथा अक्सिजन सिलिण्डर उपलब्ध गराउनेतर्फ यो सरकार संवेदनशील रहेन। उल्टै अप्रमाणित गफ चुटेर प्रधानमन्त्री रमाईलो मान्दै रहे। जनधनको धेरै क्षति भैसक्यो।

    सबै नागरिकलाई अविलम्ब खोप लगाउने प्रवन्ध गर्न, सम्पूर्ण पालिकास्तरमा औषधि उपकरण सहितको आइसोलेसन सेण्टर संचालनमा ल्याउन, पिसिआर र कन्ट्याक्ट ट्रेसिंगलाई ब्यापक तुल्याउन तथा लकडाउनका कारण खाद्य संकट बेहोर्न वाध्य गरिब एवं श्रमिकवर्गलाई तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गर्दछौं।

    ४। भ्रष्टाचार यो सरकारको दिनचर्या झैं बनेको छ। वाइडवडी काण्ड, फोरजी काण्ड, यति, ओम्नी काण्ड, प्रिन्टिङ प्रेस काण्ड, वालुवाटार जग्गा काण्ड, बूढीगण्डकी काण्ड, सुन काण्ड, कोभिड औषधि(उपकरण काण्ड जस्ता थुप्रै भ्रष्टाचारको लामो सूचीका कारण पनि नेपालको अन्तर्राष्ट्रिय छवि ध्वस्त भएको छ।

    उल्टै नेपालमा प्रधानमन्त्रीको तहबाट नै भ्रष्टाचारीहरु संरक्षित रहेको सप्रमाण ट्रान्स्परेन्सी ईन्टरनेशनलको प्रतिवेदन सार्वजनिक भएबाट आमनागरिकको शिर निहुराएको छ। अविलम्ब सम्पूर्ण भ्रष्टाचार काण्डहरुको विश्वसनीय छानविन गरी दोषीहरुमाथि कडासेकडा सजायको माग गर्दछौं।

    ५। वर्तमान सरकारले कानूनी शासनको धज्जी उडाएको छ। राजनीतिक आस्था, जात, धर्म, वर्ग, लिंगको नाममा विभेद बढ्दो छ। बलात्कार, अपहरणका वग्रेल्ती घटनाहरुमा संवद्ध अपराधीलाई सत्ता संरक्षण प्राप्त छ।

    महामारीको मौका छोपेर खाने तेल, पेट्रोलियम पदार्थ लगायत अन्य अत्यावश्यक वस्तुहरुको वजार मूल्य अराजक ढंगबाट वृद्धि भएको छ तथा सरकार आफैंले घोषणा गरेका थुप्रै योजनाहरु बजेटको अभावमा अलपत्र छन्। दण्डहीनता सरकारको पहिचान नै बनिसक्यो। हामी विधिको शासनका प्रति मनबचन र कर्मदेखि नै पूर्ण प्रतिवद्ध रहन र सुशासन प्रदान गर्न यस सरकारलाई हार्दिक आग्रह गर्दछौं।

    ६। वर्तमान सरकार राजनीतिक स्थिरता विरोधी मात्र होइन, आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि निर्माणप्रति पनि जिम्मेवार देखिएको छैन। भरपर्दो भविष्यमुखी आर्थिक गन्तव्य छैन। जनताको टाउकोमा ऋण माथि ऋण थपिएको छ।

    अवैधानिक बाटोवाट वजेट घोषणा भएको मात्र छैन, जनताको आँखामा छारो हाल्ने, दिर्घकालिक राष्ट्रघाती योजना समेत घोषणा भएका छन्। चुरेभावर क्षेत्रबाट गिट्टी, ढुंगा, वालुवाको निकासीलाई खुला गरेर सरकारले केही सीमित पिछलग्गूहरुको स्वार्थ सिद्धिमार्फत सिंगो तराईको मरुभूमीकरणलाई निम्त्याएको छ। यो सतप्रतिशत देशद्रोह हो। देश र जनतालाई दीर्घकालिन र गम्भीर प्रभाव पार्ने कुनै पनि किसिमको निर्णय नगर्न यो सरकारलाई आग्रह गर्दछौं।

    ७। नेपालमा लोकतन्त्र प्राप्तिको संघर्ष सात दशकभन्दा लामो भएतापनि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको धेरै भएको छैन। यसकै माध्यमबाट नेपालको स्वाधिनताको रक्षा, नेपाली जनताको जीवनस्तरमा गुणात्मक सुधार, आर्थिक सामाजिक रुपान्तरण र समतामूलक समाज निर्माणमा एकलव्य संकल्पका साथ लाग्नुपर्ने यतिबेला सवै संवैधानिक निकाय, सामाजिक संघसंस्था, नागरिक समाजलाई कसैको अनुचित प्रभावमा नपरी संविधान र लोकतान्त्रिक मूल्य पद्धतिको रक्षार्थ योगदान गर्न हार्दिक अपिल गर्दछौं।

    ८। सुदूरपूर्वी जिल्ला ताप्लेजुङस्थित धार्मिक, पर्यटकीय महत्व बोकेको सुकेटार विमानस्थल लगायत देशभरीका महत्वपूर्ण योजना, आयोजना, पुरातात्विक महत्वका तीर्थस्थल र महत्वपूर्ण स्थलहरुको मौलिकतामाथि नै प्रहार गर्दै नाम परिवर्तन गरी धार्मिक, आध्यात्मिक मौलिक संवेदनामाथि खेलवाड नगर्न र यस्ता जनविरोधी कार्यहरु अविलम्व रोक्न आग्रह गर्दछौं।

    ९। वर्तमान राष्ट्रपतिको असन्तुलित र द्वैध भूमिकाप्रति समेत हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

    नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन घोषणा भएको कारण देखाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सहमति नदिने, राष्ट्रिय सभाका लागि सिफारिस गरेका नामहरु जारी नगर्ने तर अहिले त्यसको ठीक विपरीत कामचलाऊ प्रधानमन्त्रीलाई मन्त्रिमण्डल हेरफेर, विस्तारमा सहयोग पुर्याउने कुरा एकदमै दुर्भाग्यपूर्ण छ।

    संविधानको भरपर्दो रक्षक तथा आमजनताको निष्पक्ष अभिभावक वनिदिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सर्वोच्च संस्था समक्ष विनम्र अनुरोध गर्दछौं।

    १०। वर्तमान कोभिड संक्रमण तथा ओलीद्वारा सिर्जित राजनीतिक प्रतिगमनविरूद्ध कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिका, पार्टीको १४ औं महाधिवेशन र अन्य आन्तरिक पार्टी सरोकारका बिषयमा पार्टी केन्द्रलाई सामुहिक ज्ञापनपत्र बुझाउने निर्णय गर्दछौं।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.