स्याङ्जा ८ माघ । भारत स्थित राम जन्मभूमि अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको खुशीयालीमा स्याङ्जा जिल्लाको वालिङ् नगरपालिकामा दिप प्रज्ज्वलन सहित भजन कृतन गरिएको छ ।
बिश्व हिन्दु महासंघ स्याङ्जा, बिश्व हिन्दु महासंघ वालिङ र बिश्व हिन्दु युवा संघ स्याङ्जाको संयुक्त आयोजनामा वालिङ् मोडमा दिप प्रज्वलन सहित भजनकृतन गरिएको हो ।
महासंघका केन्द्रिय सदस्य पण्डित नेत्रप्रसाद पराजुलीले भगवान रामको बारेमा जानकारी गराउदै संसारभरिका हिन्दुहरुको उत्सबको दिन भएको बताउनुभयो । आजभन्दा ५ सय बर्ष अघिदेखिको सपना आज पूरा भएको जनाउदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो । उहाँले राम लक्ष्मण जस्तो दाजुभाई अहिले आबस्यकता भएको कुरा बताउदै भगवान रामबाट धेरै कुरा सिक्न पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बिश्व हिन्दु महासंघ केन्द्रिय सदस्य पदमप्रसाद पाण्डे, वालिङका पुर्बनगरप्रमुख दिलिपप्रताप खाण, बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेल, महासंघ वालिङ नगर अध्यक्ष सीताराम अधिकारीले आज बिशेष दिनको बिशेष उत्सब मनाउन पाएकोमा खुशी ब्यक्त गर्नुभएको थियो ।
महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन जिल्ला सचिब भुपराज बगालेले गर्नु भएको थियो।