कास्की १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी हुनु भएको छ ।
नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा लिङदेनले अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई पराजित गर्नुभएको हो ।
पराजित थापाले नवनिर्वाचित अध्यक्ष लिङदेनलाई वधाई तथा शुभकामना दिँदै पराजय सहर्ष स्वीकार गर्ने बताएका छन् । ‘ प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गरेको जनाउनुभयो। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना दिनुभयो। प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु, ’ थापाले ट्वीटमा उल्लेख छ ।
मतदानमा लिङ्देनले १८४४ मत प्राप्त गर्नुभएको थियो भने थापाले १६७७ मत पाउनुभयो भने ४१३ मत बदर भएको थियो ।