स्याङ्जा २६ बैशाख । पुतलीबजार नगरपालिका वडा नम्बर १३ मा संचालित मादल बजाउने १० दिने तालिम सकिएको छ ।
रानिथुम्का टोलबिकास सस्थाद्वारा आयोजिज महिलाका लागि मादल बजाउने तालिमको समापन गर्दै सोही वडा अध्यक्ष जुद्दबहादुर थापाले टोल विकास संस्थाको सक्रियतामा गरिएको तालिमको प्रभावकारिता देखिएकोे बताउनुभयो ।
वडा टोल समाजमा हुने जुनसुकै सांस्कृतिक कार्यक्रममा पनि मादलको ताल आवश्यक रहनेमा जोड दिदै अव मादल बजाउने ब्यक्ति सहजै पाईने बताउनुभयो । यस्ता सामाजिक कार्यका लागि वडा कार्यालयले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा महिला संजालका अध्यक्ष एवं रेडक्रस सोसाइटी स्याङ्जाका उपसभापति लक्ष्मी थापा, टोल विकास संस्थाका संयोजक तारकबहादुर थापा, सहभागीहरु गीता अधिकारी, तोरणकुमारी शाही, तोलादेवी ढकाल, रुक्मिणी तिवारी, सुषमा गोदार लगायतले तालिमको प्रभावकारिता र उपयोगिताका बारेमा जानकारी गराउनुभएको थियो ।
रानीथुम्का टोल विकास संस्थाका अध्यक्ष मधु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव देबका भुसालले गर्नुभएको थियो । दश दिनसम्म दैनिक ५ घण्टा दिइएको सो तालिममा १५ जना महिला सहभागी थिए भने तालिममा झपटबहादुर आलेले प्रशिक्षण दिनु भएको थियो ।
