स्याङ्जा ४ माघ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले आधीखोला गाउपालिकामा पालिका स्तरीय इकाई गठन गरेको छ ।
आधीखोला गाउपालिकामा बुधवार आयोजित ब्यवसायीहरुको भेलाले राजेन्द्र ढकालको संयोजकत्वमा १५ सदस्यीय इकाइ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा नारायणप्रसाद पौडेल र गंगा लामिछाने, सचिवमा बिमल लामिछाने, सहसचिवमा ढाकाराम ढकाल, कोषाध्यक्षमा सीता श्रेष्ठ चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा खडक विक्रम, चेतन शर्मा, रमेश पौडेल, दिलिप सापकोटा, थमनारायण पौडेल, जनकऋािष लामिछाने, थानेश्वरी क्षेत्री, कमला पौडेल, रामबहादुर रानाभाट चयन हुनु भएको हो ।
भेलालाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नवराज सुवेदी, वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, तृतीय उपाध्यक्ष सुनिता पोैडेल लगायतले ब्यवसायीका हक, हितका पक्षमा काम गर्दे आएको उद्योग वाणिज्य संघका काम, कर्तब्य र अधिकारका बारेमा जानकारी गराउनु भएको थियो ।
यसैगरी, पालिकाका ब्यवसायीहरु राजेन्द्र ढकाल, कमला क्षेत्री, बिमल लामिछाने, ढाकाराम पौडेल, कमला पौडेल लगायतले स्थानीय जनचासो र गुनासाका बारेमा जानकारी गराउनु भएको थियो ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय ब्यवसायी कमला पौडेलले स्वागत एवं संघका महासचिव रामचन्द्र नेपालले संचालन गर्नुभएको थियो ।