Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राजमार्ग छेवैका लाजपूर्जा बिहीन दश हजार बढी घर स्याङ्जामा
    समाचार

    राजमार्ग छेवैका लाजपूर्जा बिहीन दश हजार बढी घर स्याङ्जामा

    Syangja SandeshBy Syangja SandeshJanuary 28, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ माघ । सुन्दै अपत्यारिलो लाग्ला १ सिद्धार्थ राजमार्गका दाँयाबाँया बनेका झण्डै १० हजार वटा घरहरु लालपूर्जा बिहीन छन् भनेर।
    राजमार्ग छेवैमा निर्मित साना वा ठूला सुबिधासम्पन्न आलिशान घरहरु पनि लालपूर्जा बिहीन हुन। करोडौं रुपैंया खर्चेर घर बनाएका घरधनी लालपूर्जा पाउन नसक्दा सरकारी सेवासुबिधाबाट बंञ्चित छन्।
    सिद्धार्थ राजमार्ग अन्र्तगत स्याङ्जा खण्डका दोहोरो छेउछाउमा बनेका १० हजार भन्दा बढी साना ठूला घरका जग्गाधनी प्रमाणपुर्र्जै छैंनन्। प्रमाणपुर्जा नहुँदा घरधनीले घरको उपयोग बसोवास र ब्यापारका लागि मात्र गर्न पाउँछन्। अन्य सरकारी सेवा सुबिधाबाट भने बञ्चित हुनु परेको छ। ती सबै घर सरकारी स्वामित्वमा पर्ने भएकाले सरकारी कामकाजका लागि ती घरहरुको उपयोग गर्न नपाइएको हो।
    त्यसो त, सिद्धार्थ राजमार्ग अन्र्तगत स्याङ्जा खण्डको ८२ किलोमीटरमा दोहोरो मापदण्ड कायम छ। पोखरा — सुनौली सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डको सदरमुकाम स्थित करिब डेढ किलोमीटर र अन्य क्षेत्रको सडक माफदण्ड फरक फरक बनाइएका हुन।
    राजमार्ग अन्र्तगत सदरमुकाम स्थित चौकी — अरौदी खण्डको डेढ किलोमीटर भागमा रागमार्गको केन्द्रबिन्दुबाट (साढे ६ मीटर) करिब २२ फीट दायाँबायाँ रहने मापदण्ड छ। तर, बाँकी खण्डमा भने ८२ फीट कायम गरिएको छ। त्यसैले, सिद्धार्थ राजमार्ग अन्र्तगत स्याङ्जा खण्डको दाँयाबायाँ निर्मित घरको स्वामित्व घरधनीमा नभएको हो। घर निर्माण गरिएको जग्गा नेपाल सरकारको स्वामित्व भित्र पर्दछ। स्याङ्जाको सदरमुकाम पुतलीबजारको स्थित डेढ किलोमीटर खण्डमा राजमार्गको दायांबायां साढे ६ मीटर मात्र छाडेर घर निर्माण गर्न स्वर्गबासी राजा बीरेन्द्रले २०३४ सालमा हुकुम प्रमांगी गरेपछि त्यो क्षेत्रभित्रका सबै घरजग्गाका जग्गाधनी प्रमाणपूर्जा छन्। बैंकले पनि ऋणका लागि चौकी — अरौदी खण्डका घरजग्गाको धितो स्वीकार गर्दछ। तर, कुभिण्ड—राम्दी खण्डमा बनेका राजमार्गका दायाँबायाँ घर जग्गाधनी प्रमाणपूर्जा नहुदां सरकारी बैकले ऋणका लागि धितो पनि स्वीकार गर्दैन।
    ब्यक्तिले लाखौं, करोडौं खर्चेर राजमार्गका दायाँबायाँ घर बनाएका छन्। जग्गाधनी प्रमाणपूर्जा नहुंदा नागरिकले राज्यबाट पाउने सेवा सुबिधाबाट समेत बंचित हुनु परेको दुखेसो सुनाउनुहुन्छ् पुतलीबजार नगरपालिका ३ का यज्ञप्रसाद पौडेल।
    पौडेल भन्नुहुन्छ — “राज्यले सबै नागरिक समान ठान्छ भने , एउटै राजमार्ग दोहोरो मापदण्ड किन?” स्याङ्जाको अवस्था हेरेर एकै किसिमका मापदण्ड अवलम्बन गर्न उनको सुझाव छ। उमेर भरीको कमाई देखासिखी गर्दै राजमार्ग छेउमा खर्च गरेका पौडेल जस्ता सयौं घरधनी अहिले चिन्तित छन्। देखासिखी गर्दे घर बनाउनेको संख्या पनि दिनप्रति दिन बढ्दो छ।
    राजमार्ग बिस्तारका नाममा पटक पटक सूचना सार्वजनिक हुन्छन्। भित्तामा टासिन्छन् तर मापदण्ड कायम गरिदैनन्। साँगुरो र घुम्ति। सयौं घुम्ति काट्दै बनाइएको राजमार्ग मापदण्ड अनुरुपको छैंन। राजमार्ग बिस्तार हुन नसक्दा समग्र जिल्लाको आर्थिक तथा सामाजिक उन्नतीमा समेत प्रभाव पारेको ज्ञाताहरुका भनाई छ।
    सद्धार्थ राजमार्गको राम्दी— कुभिण्डे खण्डको ८२ किलोमीटर स्याङ्जामा पर्छ। सरकारी मापदण्ड अनुसार राजमार्गको केन्द्रभागबाट दायाबायां दुबैतर्फ ८२ फिट भित्र निजी स्वामित्वको घर निर्माण गर्न पाइदैन। पञ्यायत कालको अन्त्यतिर सडक मापदण्ड मिचेर निर्माण सुरु गरिएका घरहरु बहुदलीय र गणतान्त्रिक काल हुदै अझै पनि निर्माण कार्य रोकिएका छैंनन्।
    बयासी फिटभन्दा पछाडीको जग्गाको प्रमाणपूर्जा भएको ब्यक्तिले सडक माफदण्ड भित्रको जग्गाको स्वामित्व आफनो भएको दावी गर्दै घरसारको कागज गरेर लाखौं, करोडौंका मूल्यवान घरजग्गा खरिद बिक्री गर्दै आएका छन्। उनीहरु आपसी समझदारीमा लेनदेन गर्छन। घरसारको कागज गरेर कारोवार गर्ने गर्छन।
    यी घरजग्गा मालपोत कार्यालयबाट रजिष्ट्रेशन पारित हुदैंनन्। नेपाली कागजमा दोहोरो सहमतिका आधारमा मात्र घरजग्गा पास गरिन्छन्। राजमार्ग मापदण्ड भित्रको जग्गा सरकारी स्वामित्वको हुने हुँदा ती घरजग्गाको रजिष्ट्रेशन मालपोत कार्यालयबाट रजिष्ट्रेशन पारित नगरिने भएको हो।


    स्याङ्जाको समग्र विकासका लागि सिद्धार्थ राजमार्ग बिस्तार गर्नु अत्यावश्य भएको बताउनुहुन्छ गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्ल। उहाले भन्नुभयोे, ‘समग्र जिल्लाको भौगोलिक अवस्था अनुरुप राजमार्ग बिस्तार गर्नुपर्छ।’
    पटक पटक बिस्तारका कुराहरु उठिरहदा पनि कार्यान्वय हुन नसक्नु दुखद पक्ष हो। राजमार्ग छेवैका घरधनी पनि घरका एक÷दुई कोठा फालेर विस्तार गर्न सहमत बन्दा समेत राज्य चासो देखाएन भन्न्नुहुन्छ पुतलीबजार नगरपालिका १ का ब्यवसायी रविन्द्रमान श्रेष्ठ।
    तत्कालित जिल्ला विकास समितिले सिद्धार्थ राजमार्गलाई कहिले ३ लेन त कहिले ४ लेनको बनाउने कार्ययोजना बनाएको थियो। तर, सो काम सुरु पनि हुन सकेन ।
    संघियतापछि सिद्धार्थ राजमार्गमा पर्ने घुम्ति कटानका केही काम सुरु भएका छन्। फेदिखोला, पुतलीजबार, भीरकोट, वालिङ् र गल्याङ्मा पर्ने केही घुम्ति कटान भएका छन्। तर, पुरा हुन सकेको छैंन।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.