स्याङ्जा २५ साउन । बिभेदयुक्त तलब सहित वृद्धि बिकास गरेको भन्दै स्याङ्जाका राजपत्रअनंकित कर्मचारीले असन्तुष्ट प्रकट गर्दै बुधवार विहान एक घण्टा धर्ना दिएका छन्।
संघीय निजामति सेवा ऐनमा राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीका बढुवा लगायत बृत्ति विकासमा बिभेद गरिएको भन्दै तत्काल सच्चाउने माग गर्दै राजपत्रअनंकित कर्मचारी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन।
हालै सार्वजनिक भएको सेवा चालु आर्थिक वर्षदेखि लागू हुने गरी नयाँ तलबमानको विषयलाई सच्याउन दबाब दिने उदेश्यले यहाँका कर्मचारीले मंगलबार संयुक्त बैठकबसी ३ वुदे निर्णय गरेका थिए।
उनीहरुले केन्द्रदेखि सञ्चालित राजपत्रअनंकित कर्मचारीका हक हितका कार्यक्रममा ऐक्यवद्धता जनाउने, आफना मागलाई सशक्त र प्रभावकारी बनाउन आन्दोलन परिचालन समिति र सल्लाहकार समिति गठन गर्ने निर्णय गरेका हुन।
निर्णय बमोजिम भेलाले राजपत्र अनंकित हक हित संरक्षण समितिमा प्रकाशकुमार अर्यालको संयोजकत्वमा ७ सदस्यीय आन्दोलन परिचालन समिति समेत चयन गरेको छ।
समितिका अन्य सदस्यमा सुमित मरासीनी, शर्मिला शर्मा, राजन पनेरु, बिष्णुप्रसाद चापागाई, मोतीप्रसाद आचार्य र भागीरथ सिग्देल चयन भएका हुन।
यसैगरी, सल्लाहकार समितिमा बिभिन्न कर्मचारी संघ संगठनका प्रमु्खहरु आधिकारिक ट्रेड युनियनका अध्यक्ष राजुप्रसाद मरासीनी, निजामति कर्मचारी यूनियनका सभापति ज्ञानप्रसाद अर्याल, निजामति कर्मचारी संगठनका अध्यक्ष अम्बरबहादुर पराजुली, राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष गुरुदत्त ढकाल र राजेन्द्रप्रसाद पराजुलीलाई चयन गरेको छ।
Sunday, December 14
Trending
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
- ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
