काठमाण्डौ, २४ असार । हैटीका राष्ट्रपति जोभनेल मोइसीको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले चार जना शङ्कास्पद व्यक्तिको गोली हानेर हत्या गरेको छ । राष्ट्रपति मोइसीको हत्या आरोपमा राजधानी पोर्ट–अ प्रिन्समा चार जना मारिएको, दुई जनालाई पक्राउ गरिएको र बाँकी दुई जना संदिग्ध व्यक्तिको खोजी भइरहेको प्रहरी प्रमुख लियोन चार्ल्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । राष्ट्रपतिको हत्याले देश स्तब्ध बनेको र यसमा संलग्नमाथि नरम बन्न नसकिने पनि प्रहरीका प्रमुख चार्ल्सले बताउनुभएको छ । अस्ति हैटीका राष्ट्रपतिको गोली हानी हत्या भएको थियो भने उहाँकी श्रीमती गम्भीर घाइते हुनुहुन्छ । हत्याराहरू राष्ट्रपतिको शयन कक्षसम्मै प्रवेश गरेर केही धनमाल लुटेको पनि बीबीसीले जनाएको छ । राष्ट्रपतिको हत्यापछि हैटीमा सङ्कटकालको घोषणा गर्दै अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले देशवासीलाई शान्त रहन आग्रह गर्नुभएको छ । उहाँले आतङ्कवादसँग जुध्नका लागि सहयोगको अपिल पनि गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन लगायतले हत्यालाई कायरतापूर्ण कार्यको संज्ञा दिँदै धैर्यता नगुमाउन हैटीका नागरिक र सुरक्षाकर्मीलाई आग्रह गरेका छन् ।
क्ँः
Monday, June 2
Trending
- फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
- सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
- गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
- बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
- चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
- पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
- लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
- स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग