स्याङ्जा, १३ असार । नेपालमुस्लिम संघ गण्डकी प्रदेश कार्यसमितिले प्रदेशकामुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई ज्ञापनपत्र बुझाएको छ । संघले मुस्लिम समुदायको अधिकारलाई स्थापितबनाउनभन्दै ७बुँदे ज्ञापनपत्र बुझाएको हो ।
मुस्लिम संघले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री नेपालीले संघले उठान गरेकामागहरुलाई यथोचित रुपमाकानुनबनाएर सम्बोधनगर्ने प्रतिबद्धता जनाउनुभयो । उहाले संघले माग गरेकाबुँदाहरु समयसापेक्ष रहेको भन्दै मागलाई सम्बोधनगर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।
ज्ञापनपत्र बुझाउँदै मुस्लिम संघ गण्डकी प्रदेशका सभापति हाजी शामहोम्मद मियाँले राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरणमा मुस्लिम समुदायले ठूलो योगदानदिएको चर्चा गरे । उनले मुस्लिम समुदायको योगदानलाई राज्यले नसम्झेकोमादुःख समेत व्यक्त गर्नुभयो ।
पोखरास्थित मुख्यमन्त्रीको कार्यकक्षमा ज्ञापनपत्र बुझाउँदै संघले मुख्यमन्त्रीलाई सफल कार्यकालको शुभकामना र बधाई व्यक्तगरिएको थियो ।
ज्ञापनपत्र बुझाउँन संघका पदाधिकारी, संविधासभा सदस्य राजु थापा, नेपालीकाँग्रेस स्याङ्जा क्षेत्र नं. १ का क्षेत्रिय सभापति तुलसीराम रेग्मी र मुस्लिम संघ स्याङ्जाका अध्यक्ष अलिमियाँको सहभागिता रहेको थियो ।
संघले मुख्यमन्त्रीलाई बुझाएको ७ बुँदा ज्ञापनपत्रमा मुस्लिम समुदायको हकहित र पहिचानको रक्षागरियो, प्रदेशमा रहेकामुस्लिम समुदायको आधारभूत शिक्षाको व्यवस्था गरियोस, समुदायका गरिब र जेहेन्दार तथा विपन्न परिवारका सदस्यलाई उच्चको व्यवस्था गरियो भनिएको छ ।
त्यसैगरी प्राविधिक, मेडिकल तथा व्यवसायीक शिक्षा आर्जनको सुनिश्चिता गरियो, मदर्शा शिक्षाको शिक्षण क्रियाकलाप भौतिक पूर्वाधारको व्यवस्थापन गरियोस, मुस्लिम समुदायको चाडपर्वमा सार्वजनिक विदाको व्यवस्था गरियोस र प्रदेशमा रहेका मस्जिद, मदर्शा तथा कब्रस्थानको संरक्षण गरियो भन्ने माग गरिएका हुन ।