स्याङ्जा, ३ असोज । स्याङ्जा मुस्लिम युवा क्लबले डोजर लगाएर कच्ची सडक मर्मत तथा सरसफाई गरेका छन्।
पुतलीबजार नगरपालिका १४ स्थित लामागे हुदै बैदी, देउराली गहते, जस्पुर, राहले चण्डीस्थान अन्र्तगतका बिग्रे भत्केका सडक डोजर लगाएर मर्मत, खाल्डाखुल्डी पुरपार तथा सरसफाई गरेको क्लवका अध्यक्ष सागिर अलीले जानकारी दिनुभयो ।
पैदल हिड्न समेत असजिलो बनेको सडकलाई ५÷६ घण्टा डोजर लगाएर सम्म्याउनुका साथै हिड्न सहज बनाएको उहाले बताउनुभयो ।
नजिकिदै गरेको स्लामिक पर्व रविउल र हिन्दु धर्मावलम्वी महान पर्व दशै तिहारलाई समेत लक्षित गर्दे सडक मर्मत गरिएका हुन।
हिन्दुधर्मालम्बीले पुजिदै आएका शक्तिशाली देवी सतौं चण्डीस्थान मन्दिर र इस्लाम धर्मालम्बीका मस्जिद पनि यही वडामा पर्छ। यहाँ हिन्दु र मुस्लिम समुदायको बाक्लो बस्ती छ।
नवदुर्गादेखि सतौं मन्दिरमा पुजाआजा गर्नेको भीड हुन्छ। सतौंदेवीलाई शक्तिशाली देवीका रुपमा हिन्दुधर्मालम्बीहरुले पुज्दै आएका छन्।
नजिकिदै गरेको चाडपर्वमा मानिसका आवतजावत पनि बढी हुने भएकाले उनीहरुलाई सहज रुपमा आवतजावत र मालसामान ल्याउन र लैजान समेत बनाउन सडक मार्ग सुधार गरेको क्लवले जनाएको छ।
क्लवकै खर्चमा डोजर लगाएर बाटो बनाएका हुन। क्लवले ११ हजार खर्च गरेर बाटो मर्मत गरेको जनाएको छ।