स्याङ्जा, २२ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार स्याङ्जामा एकैपटक १२ वटा स्वास्थ्य संस्थाकोे उदघाटन गरेका छन्। सोही अवसरमा मुख्यमन्त्री पाण्डेले विधुत्तिय स्वास्थ्य व्यवस्थापन प्रणालीको पनि शुभारम्भ गर्नुभएको छ ।
वालिङ् नगरपालिका १२ शिर्शेकोट स्थित दह पोखरीमा नवनिर्मित स्वास्थ्य संस्थाको उद्घाटन गरे। त्यसपछि उनले भर्चुअल माध्यमबाट अन्य ११ वटा वडामा निर्मित स्वास्थ्य संस्थाको एकैपटक उदघाटन गर्नुभएको हो ।
उदघाटनपछि बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथामितामा राखेको बताउनुभयो । गरिब, विपन्न, महिला, बालबालिका र जेष्ठ नागरिकका स्वास्थ्य उपचारमा सरल नीति अवलम्बन गरेको जानकारी गराउनुभयो । नसर्ने रोगका उपचारका लागि आर्थिक सहयोग एवं निशुल्क उपलब्ध गराएको उहाले बताउनुभयो ।
उहाले भन्नुभयोे, ‘सबै नागरिकलाई स्वास्थ्य सेवा र उपचारमा सरल र सहज पहुँच पुरयाउनेगरी प्रादेशिक सरकार लागि परेको छ। यसका निम्ति आवश्यक जनशक्ति र उपकरणको ब्यवस्थापनमा समेत ध्यान दिनेछ।’
कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंम्खडा, उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति तिवारी, आर्थिक विकास समिति संयोजक एवं सांसद भोजराज अर्याल, वालिङ नगरप्रमुख कृष्ण खांण, उपप्रमुख कबिता तिवारी, प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्मा, वडा अध्यक्ष विश्वजंग गुरुङले नागरिकका आधारभुत आवश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको उचित ब्यवस्थापनमा प्रदेश सरकारले काम गर्दै आएकोमा जोड दिनुभयो ।
चौध वडा रहेको वालिङ नगरपालिकाका एकै पटक १२ वटा स्वास्थ्य चौकीको उदघाटन गरेको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी गराउनुभयो ।