Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मिनिम्याराथनको उपाधी सुजन र पुष्पालाई
    खेलकुद

    मिनिम्याराथनको उपाधी सुजन र पुष्पालाई

    Syangja SandeshBy Syangja SandeshSeptember 24, 2022Updated:September 24, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ असोज । लियो क्लव अफ वालिङ्द्धारा आयोजित वालिङमा शनिवार सम्पन्न मिनि म्याराथन प्रतियोगितामा स्याङ्जाका सुजन क्षेत्री र महिलातर्फ पुष्पा गुरुङ् प्रथम हुनुभएको छ ।


    यसैगरी, पुरुषतर्फ दाङका मनोज रोका मगर, स्याङ्जाका गीरप्रसाद गुरुङ र गिरमान श्रेष्ठ क्रमश ः दोश्रो र तेस्रो र चौथो भए।
    उनीहरुले क्रमशः ३० हजार, २० हजार, १० हजार,४ हजार नगद सहित शिल्ड र मेडलपाउनु भएको छ ।


    यस्तै महिला तर्फ दिपकला सार्की, ईन्द्रमाया खत्री दोश्रो र तेस्रो भए। उनीहरुले क्रमश १० हजार, ५ हजार र ३ हजार नगद सहित शिल्ड र मेडल पाउनु भएको हो ।


    प्रतियोगितामा पुरुषतर्फ पाँचौ स्थानमा कर्णबहादुर खड्का, छैटौँमा फनबहादुर रोका र सातौँमा शुसिल कुमाललाई जनही ३ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।


    यसैगरी, आठौमा सागर थापा, नवौँमा सञ्जयकुमार गुप्ता र दशौँमा बिजय श्रेष्ठलाई नगद २ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो।


    लियोे क्लव अफ वालिङ सिटीको आयोजनामा भएको ‘दोस्रो लियो कप २०२२ मिनी म्याराथन’ प्रतियोगितामा पुरुषका लागि १७ दशमलव ७ किलोमिटर र महिलाको लागि ९ दशमलव ८ किलो मिटरको दौड प्रतियोगिता गरिएको क्लवका पूर्ब अध्यक्ष दिक्षान्तप्रताप खाँणले जानकारी दिनुभयो ।


    भीरकोट नगरपालिकाको कार्यालय प्रमुख प्रवेशद्धारबाट सुरु भएको प्रतियोगिता वालिङ नगरपालिकाकै प्रमुख द्धारमा पुगेर टुंगिएको थियो। मिनी म्याराथन’मा देशभरका १ सय २० जना प्रतियोगित सहभागी थिए।

    संघीय सांसद तथा काँग्रेस नेता मोहनप्रसाद पाण्डेले बिजेतालाई पुरस्कार वितरण गर्दै लियो क्लबको भूमिकाको प्रशंसा गर्नुभयो ।
    कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी, काँग्रेस नगर सभापति नेत्रप्रसाद पाण्डे, वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समितिका अध्यक्ष कविता भुषाल, लियो जिल्ला परिषद ३२५ बि एम का अध्यक्ष शिसिल भण्डारी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।


    कार्यक्रममा लियो क्लव अफ वालिङका अध्यक्ष सुमना लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष प्रज्वल रनपालले स्वागत एवं सचिव किशोर बस्यालले सञ्चालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.