स्याङ्जा २० जेठ । मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाज २७ औँ वर्षमा प्रवेश गरेको छ ।
विसं २०५३ जेठ १९ गते स्थापित समाजले स्थापना दिवसको अवसर पारेर स्याङ्जामा अन्तरक्रिया कार्यक्रमगरी मनाइएको हो ।
कार्यक्रममा बोल्दै स्याङ्जाका निवर्तमान सभापति प्रकाश डोटेलले असहज र मानवअधिकार हनन भएका बेला संस्था सक्रिय हुदै आएको बताउनुभयो । मानवअधिकार तथा शान्ति समाजले अधिकारका पक्षमा वकालत गर्ने जनाउदै राष्ट्रिय स्वाभिमानका पक्षमा समेत समाजको अभियान निरन्तर अघिबढीरहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा सचिव भवानी अधिकारी, सहसचिव हरिप्रसाद अर्याल, कोषाध्यक्ष शान्ति अर्याल ढकाल, सदस्य रविन केसी, सदस्य शिवराज पोख्रेल, सुजन पोख्रेल, लगायतले नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा समाजले सहयोग र योगदान पुरयाउदै आएकोमा जोड दिदै अधिकारका पक्षमा सधैभरी क्रियाशिल रहने प्रतिवद्धता जनाउनुभयो ।
पछिल्ला समयमा मानवअधिकार तथा शान्ति समाजले हिमालय बचाँउ, नदी जोगाउँ आन्दोलन, जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना अभियान र लागू औषधरमदिरा दुव्र्यसन विरुद्ध शान्ति समाजको अभियान संचालन गर्दै आएको उहाहरुले जानकारी दिनुभयो ।
जलवायु परिवर्तन र विश्वव्यापी उष्णता मानव सभ्यताका लागि सबैभन्दा ठूलो चुनौति र खतरा रहेको जनाउदै यसको संरक्षणका लागि सबै अधिकारकर्मी एमजुट हुनुपर्नेमा वक्ताहरुले जोड दिनुभयो ।
मानव अधिकार तथा शान्ति समाज युद्ध विरोधी संस्था हो । युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ भन्ने मान्यता शान्ति समाजको रहेको छ । युद्धले एउटा व्यक्तिको मात्र होइन, लाखौ, करौडौको मानव अधिकार हनन गर्दछ भन्ने धारणा अनुरुप शान्ति समाजले स्थापनाकालदेखी नै युद्धको विरोध गर्दै आएको छ ।
युद्धले मानवहरुको आधारभूत स्वतन्त्रतालाई र जीवनको अधिकारलाई समाप्त गर्दछ । हालै युद्धरत रुस र युक्रेनबीचको युद्धले हजारौंका ज्यान जानुका साथै लाखौं ब्यक्तिका मानवअधिकार हनन र अरबौंको क्षति पुगेको छ ।
व्यक्ति–व्यक्तिको आधारभूत स्वतन्त्रता र मानव अधिकारको संरक्षणको लागि वकालत गर्ने र क्रियाशील रहनेहरु, युद्धका कारण मानव सभ्यतामाथि नै संकट आइलाग्ने विषयमा भने प्राविधिक कुरा गरेर मौन बस्न मिल्दैन भन्ने धारणा समेत शान्ति समाजको रहेको उहाहरुले भन्नुभयो ।
युद्ध हुनबाट रोक्न, युद्ध हुनसक्ने कारणहरु पहिचान गरी समयमै सम्बोधन गरेर मानव सभ्यतालाई युद्धबाट जोगाउन सबै पक्षले प्राथमिकतामा राख्नुपर्ने शान्ति समाजका अन्र्तक्रियाका बक्ताहरुले जोड दिनुभयो ।
शान्ति विनाको समाज र राष्ट्रको परिकल्पना नहुने जनाउदै सबैका अधिकारको पक्षमा मानवअधिकार तथा शान्ति समाज स्याङ्जाले बालबालिका, युवा, महिला, पुरुष, जेष्ठ नागरिक, अपांग र सबै बर्ग, समूह, जातजातीका पहिचान, संरक्षण र अधिकारका पक्षमा वकालत गर्दे आएको छ ।
Thursday, December 5
Trending
- राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवसमा १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान
- अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनका लागि पत्रकारबीच अन्तरक्रिया
- सहायता सामाग्री बितरणदेखि दिप प्रज्वलनगरि स्याङ्जाभर मनाइयो अपांगता दिवस
- अपांगता सम्बन्धी सचेतना अभियान त्रिभुवन आर्दश माविमा
- त्रिभुवन बहुमुखी क्याम्पसमा अपांगता सम्बन्धी सचेतना अभियान सुरु
- संघिय सांसद थापाद्धारा पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उदघाटन
- सरकारका प्रवक्ता गुरुङ्द्धारा कालीगण्डकीमा खेलकूद महोत्सव उदघाटन
- पहिलो पटक मनाइयो स्याङजामा महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस