स्याङ्जा ९ पुस । मानवअधिकार तथा शान्ति समाज स्याङ्जाले १७ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभामा बोल्दै मानव अधिकार तथा शान्ति समाज स्याङ्जाका निवर्तमान सभापति प्रकाश डोटेलले मानव जातिका अधिकारका पक्षमा यस संस्थाले बिगतदेखि नै सकारात्मक कार्य गर्दे आएको बताउनुभयो । स्वयंसेवी भाव सहित स्तस्फुर्तरुपमा मानवीय सेवामा समर्पित अधिकारकर्मीले आ आफनै पहलमा धेरै मानवीय सहयोग गरेकोमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्व उपसभापति केशवराज लम्साल, सदस्य गंगादेवी पोखरेल, सदस्य सुजन पोख्रेल लगायतले सबैभन्दा ठूलो पुण्य कार्य भनेको मानवीय सेवा र सहयोग रहेको जनाउदै यस संस्थामा आवद्धता हुनु नै महत्वपुर्ण रहेको बताउनुभयो । आउदा दिनमा समेत संस्थाको लक्ष्य र उदेश्य अनुरुप आफुहरु अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
समाजका सभापति धु्रवबन्धु पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति भवानीशंकर पोखरेलले स्वागत एवं सचिव भवानी अधिकारीले संचालन गर्नुभएको थियो।
यसैगरी, स्याङ्जा सदरमुकाममा आयोजित सभाले सभापति, सचिव र कोषाध्यक्षका प्रतिवेदनहरु सहित बिभिन्न निर्णयहरु पारित गरेको छ ।