Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 17
    Trending
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन — प्रमुख घर्ति
    पुतलीबजार नगरपालिका

    माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन — प्रमुख घर्ति

    Syangja SandeshBy Syangja SandeshMay 1, 2024Updated:May 1, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १९ बैशाख । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सुन्तला सुपरजोन संचालन समन्वय समिति, स्याङ्जाको चौथो अधिवेशन बुधवारदेखि स्याङ्जा सदरमुकाममा सुरु भएको छ ।

    अधिवेशनको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद घर्तिले माटो सुहाउदो उत्पादन गरेमा रोजगारकै निम्ति बिदेशीनु नपर्ने बताउनुभयो । स्याङ्जाको माटोमा सुन्तला उत्पादन अत्यन्तै राम्रो हुने उहाको भनाई छ । बर्षेनी स्याङ्जाले सुन्तलाबाटै लाखौं रुपैंया आर्जन गर्न सफल भएको जनाउदै राष्ट्रिय फलका रुपमा सुन्तलालाई घोषणा गरिनु पनि स्याङ्जाबासीको गौरबका कुरा भएको बताउनुभयो ।

    कार्यक्रममा उपप्रमुख खडगराज सुवेदी, पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मी, विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवर, सुन्तला सुपरजोन परियोजना कार्यान्वयन इकार्य कार्यालय प्रमुख माधब लम्साल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, सुपरजोन संचालक समितिका पूर्वअध्यक्ष बोधराज अर्याल लगायतले सुन्तला उत्पादनमा बृद्धि गरि आर्थिक सम्मृद्धि हासिल गर्न सकिनेमा जोड दिएका छन् ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सुन्तला सुपरजोन संचालन समन्वय समितिका अध्यक्ष ताराप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तीरमाया गुरुङले स्वागत एवं सहसचिव यामबहादुर केसीले संचालन गरेका थिए ।

    झण्डै ४ सय मतदाता रहेको अधिवेशनले एक अध्यक्ष सहित ९ सदस्यीय संचालक समिति चयन गर्ने भएको छ । पुतलीबजार, भीरकोट, वालिङ नगरपालिका र अर्जुनचौपारीका १७ वडाबाट सुरु भएको सुन्तला सुपरजोन परियोजना हाल स्याङ्जाका सबै पालिकामा कार्यान्वयनमा छ । गत बर्ष मात्र स्याङजामा एक अरब १४ करोडको र अघिल्लो बर्ष एक अरब ३८ करोडको सुन्तला उत्पादन भएको थियो ।

    जिल्लामा सुन्तला किसानहरु यामबहादुर सेन, रामप्रसाद भण्डारी, ज्ञानेश्वर चापागाई, नविना गुरुङ, मुक्तिप्रसाद अधिकारी, शालिकराम अर्याल, फणिनारायण अर्याल, कृष्णबहादुर अधिकारी, केशव गुरुङ लगायतलाई सम्मान गरिएको छ ।


    यसैगरी, सुन्तलाका बारेमा कलम चलाएको भन्दै गल्याङ् निवासी नेपाल टेलिभिजन स्याङ्जाका संवाददाता हिमाल न्यौपानेलाई पनि सम्मान गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.