काठमाण्डौ ३० पुस । निर्वाचन आयोगले माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई सुझाब दिएको छ । राजनितिक दलहरुसँग आज भएको छलफलमा निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने सुझाव दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १ सय २० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताउनु भएको हो । छिट्टै निर्वाचनको मिति नतोकिएमा निर्वाचन ब्यवस्थापन कार्य जटिल हुने हुँदा राजनीतिक दलहरुको सुझाबका आधारमा आयागले सरकारलाई स्थानीय तह निर्वाचनको मिति तोक्न परामर्श गर्ने उहाँले बताउनुभयो ।
छलफल कार्यक्रममा नेपाल कम्प्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्प्युनिष्ट पार्टी (माले), जनता समाजवादी पार्टी, नेपाली जनता दल, नेपाल परिवार दल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, विवेकशील साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
छलफलमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचन तयारीका विषय, कोभिड १९ को बढ्दो सङ्कमणलाई मध्यनजर गरी राष्ट्रियसभा निर्वाचनमा पालना गर्ने स्वास्थ्य सुरक्षा मापदण्ड, आयोगबाट मतदाता नामावली सङ्कलन गर्ने विशेष कार्यक्रमका लगायतमा छलफल गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।
Wednesday, October 22
Trending
- बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
- चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
- झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
- जजकमा आरोपित खवास पक्राउ
- स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
- स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
- बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
- गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत