स्याङ्जा ४ बैशाख । महिला कानून र सशक्तीकरण बारे जानकारी गराउने उदेश्यले पुतलीबजार नगरपालिकाले नगरभित्रका महिलालाई लक्षित गर्र्दै ३ दिने क्षमता विकास सम्बन्धी तालिम आज (शुक्रवार) देखि सुरु गरेको छ ।
वडा बडामा रहेका महिला संजालका पदाधिकारीहरुलाइ लक्षित गर्दै सुरु गरिएको तालिमको उदघाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले २०४६ सालमा भएको राजनीतिक परिवर्तनले महिला हक, हित र अधिकारका पक्षमा सकारात्मक परिवतर्नन आएको बताउनुभयो । नेपालको संबिधानमा महिलाका हक सहित समान अधिकार र अवसरका कुरा उठान गरेको जानकारी गराउनुभयो ।
महिलाका लागि प्राप्त अधिकारको सहि सदुपयोग र सुनिश्चिताका लागि यस्ता तालिम आवश्यक रहने उहाको भनाई छ । तालिम अवधिभर सिकेको ज्ञानलाई आफुमा मात्र सिमित नराखी आ आफना टोलका दिदीबहीनीलाई समेत सिकाउन प्रमुख रेग्मीले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी पौडेलले तालिमको उदेश्य र आवश्यकताका बारेमा जानकारी गराउनुभयो ।
उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमुख ठगीकुमारी खनालले गर्नुभएको थियो ।
तालिममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सशक्तिकरण र महिला सशक्तिकरण र मानव बेचबिखन सम्बन्धी र अस्पतालमा संचालित एकद्धार संकट ब्यवस्थापन कार्यक्रम संयोजक गीता न्यौपानेले केन्द्रका गतिबिधीसंगै लैंगिक हिंसा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । तालिममा पुतलीबजार नगरपालिका भित्रका १४ वटै वडामा गठित महिला संजालका पदाधिकारी सहित ६५ जनाको सहभागिता छ ।